Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

घारको मुक्तिमार्ग मावि भवन समेत ४ वटा भवन उद्घाटन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २५४ पटक पढिएको
घारको मुक्तिमार्ग मावि भवन समेत ४ वटा भवन उद्घाटन

म्याग्दी, १० असोज ।
अन्नपूर्ण गाउँपालिका, ६ घार स्थित मुक्तिमार्ग माविको १२ कोठे आरसिसी भवन विहिवार एक समारोह विच उद्घाटन भएको छ ।
उत्तरी भेगको जेठो मुक्तिमार्थ माध्यामिक विद्यालयको नव निर्मित विद्यालय भवनको प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गरेका हुन । विहिवार नै घार स्थित स्वास्थ्य चौकी भवन सभासद रेशमबहादुर बानियाँले, ६ नम्बर वडा कार्यालय जिल्ला समवन्य समितिका संयोजक देवेन्द्रबहादुर केसीले र कोटमन्दीर छेउको सामुदायीक भवन वडाध्यक्ष कृष्ण बरुवालले छुट्टाछुट्टै उद्घाटन गरेका छन ।

२०२४ सालमा निर्मित विद्यालयको पुरानो भवन ०७२ सालको भकम्पपछि चर्केर जीर्णभै प्रयोग गर्न नमिल्ने अवस्था भएपछि समुदायको सकृयतामा विभिन्न दातासँग चन्दा संकलन गरी १ करोड ४५ लाख ४६ हजारको लागतमा पक्की विद्यालयको भवन निर्माण गरिएको हो । दुई सय ५० जना विद्यार्थी अध्ययनरत विद्यालय भवनमा छुट्टै विहानी सक्रमा मुत्तिमार्ग क्याम्पस (स्नातक तह) शिक्षा संकाय पनि संञ्चालन भैरहेको छ ।

‘जिल्लाको पुरानो तथा स्थापित विद्यालय सामुदायीक अग्रसरतामा श्रोत जुटाई पुनःनिर्माण हुनु अनुकरणीय छ र दुर्गम वस्तीको विद्यालय भवन पुनःनिर्माणमा सहयोग गर्ने सवैलाई स्मरण गर्नु पर्छ’ भवन उद्घाटनपछि प्रमुख अतिथिको मन्तब्य राख्दै साँसद भुपेन्द्रबहादुर थापाले भने, ‘विद्यालय भवन त नयाँ बन्यो तर घेरावार गरी भौतिक तथा शैक्षिक वातावरण गर्न सांसदको क्षेत्र विकास कोषबाट १० लाख बजेट विनियोजन हुन्छ । अन्य शैक्षिक पूर्वाधार विकासमा पनि लविङ्ग गर्ने छु ।’

विद्यालय भवन निर्माण गर्न तत्कालिन शिक्षा कार्यालय मार्फत ६० लाख, देव खड्का आवद्ध इस्टर्न नेपाल जर्मनीबाट ३५ लाख ८७ हजार, प्रसान्त मोहन रेग्मी आवद्ध हिमालय फ्रेण्डस जर्मनीको १६ लाख ७७ हजार ५ सय, म्याग्दी प्रवासी नेपाली संघ जापानबाट ७५ हजार, घार कतार समाजको ६३ हजार, स्थानीय युवा घार क्लव बाट ८ लाख, वन समितिबाट ४५ हजार आर्थिक सहयोग गरेका छन ।

प्रध्यानध्यापक मेखबहादुर खड्काका अनुसार विद्यालय भवन निर्माण गर्न साविक घार गाविसको ५ लाख, अन्नपूर्ण गाउँपालिकाको १० लाख र अपुग ७ लाखबढी स्थानीय तथा विदेशमा रहेका घारबासीबाट चन्दा संकलनगगरी  जुटाईएको हो । भवन बनाउन स्थानीय जग्गाधनी कृष्ण खड्काबाट १ लाख ७५ हजार, भवन निर्माणकर्ता ब्यवसायी कृष्ण बरुवालले १ लाखबढी सहयोग गरेका थिए ।

त्यसैगरी सहरी विकास तथा भवन विभागको डेढ करोड लागतमा निर्मित घार स्वास्थ्य चौकी भवनको विहिवार नै संविधान सभा सदस्य रेशमबहादुर बानियाँले उद्घाटन गरे । ४ रोपनी क्षेत्रफल रहेको घार स्वास्थ्य चौकी भवन बनाउन स्थानीय रुपा बरुवालले करिव १ रोपनी, गोविन्द खड्काले ७ आना जग्गा सहयोग गरेका छन ।

भाडामा रहेको अन्नपूर्ण गाउँपालिका, ६ वडा कार्यालयको एउटा कोठाबाट सेवा दिँदै आएका घार स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सहज भएको छ । ‘एउटै कोठामा कार्यालय, औषधी स्टोर, विरामी जाँच्ने, गर्भवती जाँच तथा प्रसुती गराउँदा विरामीको गोपनियतामा आघात मात्र परेको थियो । नयाँ भवन बनेपछि सेवा प्रवाह सहज भएको छ’ स्वास्थ्य चौकी प्रमुख रिसव पाण्डेले भने, ‘औषधी ब्यवस्थापन र उपकरणको पनि सहज प्रयोग भएको छ ।’
विहिवार नै अन्नपूर्ण गाउँपालिका, ६ घारको वडा कार्यालय भवन पनि जिल्ला समवन्यय समितिका अध्यक्ष देवेन्द्रबहादुर केसीले एक कार्यक्रम विच उद्घाटन गरे । एक सभाहल समेत ५ कोठे कार्यालय भवन तत्कालिन शान्ति तथा पुननिर्माण कार्यालयले निर्माण सुरु गरेपनि मन्त्रालय खारेज भएपछि अलपत्र थियो । गाउँपालिकाले १५ लाख खर्चेर अलपत्र भवनलाई पुर्णता दिएको हो । भवन निर्माण गर्न स्थानीय राम बरुवालले १५ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन ।
भगवती मन्दीर परिसरमा गाउँपालिकाको ६ लाख अनुदानमा स्थानीय संघसंस्थाबाट सहयोग जुटाई १४ लाख लागतमा सभा हल सहितको सामुदायीक भवन निर्माण गरिएको छ । भवनको विहिवार प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापा, सभासद रेशम बानियाँ, जिसस प्रमुख देवेन्द्र केसी समेत अतिथिको रोहवरमा वडाध्यक्ष तथा सदस्यहरुले संयुक्त रुपमा उद्घाटन गरे ।

‘विकास निर्माणमा राजनितीकरणले समाज, गाउँ र देश नै पछाडी पर्छ । जनप्रतिनिधी दलबाट उम्मेदवार भएपनि निर्वाचित भएपछि सवैका साझा हुन । योजनामा राजनिती गर्नु हुँदैन’ चार वटा छुट्टाछुट्टै सेवा कार्यालय भवनहरुको उद्घाटन पछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख अथिति प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘राजनैतिक रुपमा स्थानिय तह काँग्रेसले नेतृत्व गरेपनि यो गाउँपालिकामा आफ्नो पहलमा दर्जनबढी योजना राखेका छु । स्थानिय नेतृत्वसँग सवै योजनामा आत्मिय सहकार्य भएको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल