Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दीका रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचिकृत भएनन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ५३१ पटक पढिएको
म्याग्दीका रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचिकृत भएनन

म्याग्दी, ९ भदौ ।

म्याग्दीका रोजगारदाताहरु सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन इच्छुक देखिएका छैनन । योगदानकर्ता (श्रमिक)लाई आफ्नै हितमा स्थापित सामाजिक सुरक्षा कोषबारे अनविज्ञहुँदा रोजगारदातालाई दवाव दिन सकेका छैनन ।

०७६ साउन १ गतेबाट कार्यान्वयनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा म्याग्दीका तीन वटा रोजगारदाता मात्र सूचिकृत भएका छन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषको कार्यालयका अनुसार भदौ ७ गतेसम्म म्याग्दीका जुनादेवी पुन तिलिजा, धौलागिरी वचत तथा ऋण सहकारी र पश्चिम दरवाङ वचत तथा ऋण सहकारी गरी जम्मा ३ जना रोजगारदाता आवद्ध भएका छन ।

‘म्याग्दीको ३ वटा रोजगारदाता मात्र सामाजिक सुरक्षा कोषमा जोडिनु भएको छ’ कोषका आईटी कर्मचारी राहुल सिंहले भने, ‘निजी क्षेत्र सामाजिक सुरक्षा कोष प्रति अझै आस्वस्त भएको देखिदैन ।’

निजी विद्यालय, बचत तथा ऋण सहकारी, माईक्रो फाईनान्स, अन्य संघसंसथा, होलट, रेष्टुरेन्ट तथा निर्माण क्षेत्र कोषमा अनिवार्य सूचिकृत हुनु पर्ने निर्देशन छ । तर म्याग्दीका रोजगारदाताले अटेरी गरेका छन । सरकारले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन आलटाल गर्ने रोजगारदातालाई कारवाही गर्ने बताएको छ ।

सरकारले सामाजिक सुरक्षा कार्यक्रम संञ्चालन गर्न ०७५ मंसिरदेखी नै रोजगारदातालाई सूचिकृत हुन भनेको थियो । कार्यक्रम साउन १ देखी लागु भएपनि धेरै राजगारदाता सूचिकृत नभएपछि सरकारले सवै निजी क्षेत्र तथा असंगठित क्षेत्रका रोजगारदातालाई आगामी असोज मसान्तसम्म सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन मौका दिएको छ । निजी क्षेत्रका ब्यवसाय एवं संघसंस्थाका कर्मचारीको आधार तलवको ११ प्रतिशत र २० प्रतिशत रोजगारदाताले योगदान दिनु पर्ने हुँदा निजी क्षेत्र कोषमा आवद्ध हुन अनिच्छुक भएका हुन ।

‘सामाजिक सुरक्षा कोषमा कसरी जोडिने भन्ने नै रोजगारदाता र योगदानकर्ता दुवै पक्ष अन्यौलमा छन’ न्यू वेष्टपोईन्ट आवसिय माध्यामिक विद्यालयका सञ्चालक हरीकृष्ण श्रेष्ठले भने, ‘सामाजिक सुरक्षा कोषले जिल्ला जिल्लामा कर्मचारी खटाई राजगारदातालई सचेतना गर्न भन्ने सुनेको भएपनि अझै यस्ता कार्यकर्ता आएका छैनन ।’

निजी क्षेत्रमा कार्यरत मदजुर/कर्मचारीको पेन्सन, सञ्चय कोष/नागरिक लगानी कोष, वीमा समेतका सुविधा थिएन । सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्ताले औषधी उपचार, स्वास्थ्इ तथा मातृत्व सुरक्षा, दुर्घटना र अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा, बुद्ध अवस्था सुरक्षाको सुविधा प्राप्त गर्न सक्छन ।

कोषमा सुचिकृत भएका रोजगारदाताले साउन महिनाको पारिश्रमिकबाट श्रमिकको वेसिक तलवमानको ३१ रकम तोकिएको बैंकमा जम्मा गरेपछि कोषले थप सुविधा थप्ने बताईएको छ । कोषमा योगदान भएको मितीबाट दुर्घटना सुविधा र कोषमा योगदन गरेको तीन महिनापछि मातृत्व,  र औषधी उपचार सुविधा पाउने ब्यवस्था छ । पेन्सन पाउन भने १५ बर्ष योगदान गरेको हुनु पर्छ ।

श्रमिकले युवाकालमा काम गर्थ्यो, कमाउँथ्यो, खान्थ्यो तर बृद्ध अवस्थाकालागी कुनै सुविधा थिएन । सामाजिक सुरक्षा कोषले श्रमिकलाइ बुढेसकालकालागी ढुक्क बनाउँछ । श्रमृकको मृत्युहुँदा परिवार बालवच्चाले आर्थिक संरक्षकत्व पाउँछन । श्रम बजारलाई गतिशील र श्रम क्षेत्रलाइ मर्यादित बनाउन कोषको महत्वपूर्ण माध्यम हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल