FLASH NEWS
  • Loading...

मंगला गाउँपालिका उपाध्यक्षद्वारा ‘गाडी सुविधा’ अस्वीकार गर्ने घोषणा

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४५७ पटक पढिएको
मंगला गाउँपालिका उपाध्यक्षद्वारा ‘गाडी सुविधा’ अस्वीकार गर्ने घोषणा

म्याग्दी, ९ साउन ।

मंगला गाउँपालिका उपप्रमुख सृजना केसीले गण्डकी प्रदेश सरकारले गरेको उपप्रमुखलाई गाडी सुविधा दिने निर्णयमा असहमती जनाउँदै अस्वीकार गर्ने घोषणा गरेकी छिन ।

गण्डकी प्रदेश सरकारले उपाध्यक्ष/उपप्रमुखलाई गाडी सुविधा उपलब्ध गराउने प्रस्ताव विहिवार संसदमा पेश गरे लगत्तै सामाजीक संञ्जाल फेसवुकमा स्टाटस लेखी गाडी सुविधालाई अस्वीकार गरेकी हुन । केसीको निर्णयको सामाजिक संञ्जालमा ब्यापक सर्मथन गरिएको छ ।

‘म गम्भीरता पूर्वक स्थानीय तह एक एम्बुलेन्स खरिद गरिदिनुस । दुर्गम वस्तीका गाउँले स्वास्थ्य संस्थामा पुग्ने एम्बुलेन्स सेवा पाएका छैनन’ उपाध्यक्ष सृजना केसीले भनिन्, ‘जनताको सेवा गर्न उपाध्यक्ष भएकी हुँ । यसैमा खुशी छु, विलासी सुविधा आवश्यक छैन । बरु गाडी दिए, एम्बुलेन्स बनाई देउ ।’

असार २५ गते गण्डकी प्रदेश सरकारको मन्त्री परिषदले ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन २०७४’ संशोधन गर्दै ‘स्थानीय तहका उपप्रमुख/उपाध्यक्षलाई गाडी सुविधा थप गर्ने’ निर्णय गरेको थियो । सरकारले विहिवार बसेको गण्डकी प्रदेश संसदमा उक्त प्रस्ताव पेश गरेको छ । यो समाचार तयार पार्दासम्म उक्त निर्णय अनुमोदन भएको छैन । तर निर्णय अस्वीकृत हुने संभावना भने शुन्य रहेको श्रोतले बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल