FLASH NEWS
  • Loading...

अखाद्य वस्तु वेच्नेलाई सँधै ‘मौखिक सचेत’ मात्र

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३९४ पटक पढिएको
अखाद्य वस्तु वेच्नेलाई सँधै ‘मौखिक सचेत’ मात्र

म्याग्दी, ३ असार ।

म्याग्दीका सवै बजारमा एक साथ दैनिक उपभोग्य वस्तुको गुणस्तर, सरसफाई र कानुनी प्रकृया सम्बन्धमा अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको अगुवाईमा आईतवार बेनी नगरपालिको बेनीबजार, मंगला गाउँपालिकाको बाबियाचौर, मालिकाको दरवाङ्ग, धौलागिरीको ताकम र मुना, रघुगंगाको मौवाफाँट र अन्नपूर्ण गापाको पोखरे र तातोपानी बजारका २ सयबढी किनारा, होटल, मासुपसल, डेरी पसलमा एकैसाथ बजार अनुगमन गरिएको हो । छुट्टै औषधी विभाग, आपूर्ति विभाग, नापतौल विभागबाट समेत अनुगमन हुने गरेको छ ।

अनुगमन क्रममा दैनिक उपभोग्य वस्तुमा लेवल नभएका, मुल्य सूचि नभएका र उपभोग्य म्याद सकिएका मसलाहरु, आटा, मैदा पीठो, विभिन्न ब्राण्डका सस्ता/महंगा विस्कुट, चाउचाउ, दालमोठ, चकलेट, ग्लुकोज, क्रिम, हर्लेक्स, विभिन्न ब्राण्डका तोरी, सूर्यमुखी, सोयावीन समेतका खानेतेल, प्याकेजिङ्ग माछा, च्याउका प्याकेटहरु फेला पारेका छन । त्यसैगरी उपभोग्य म्याद गुर्जेका ठूलो परिणाममा कोकाकोला, फेन्टा, स्पाईट, ड्युउ, वियर समेतका पेय पदार्थ छन । यी सवै अखाद्य वस्तु साना खुद्रे पसलमा फेला परेका हुन ।

‘डिलरले गाडीमा सामान लिएर पसलमै आउँछन, विभिन्न स्कीम दिएर वेच्छन । कोक, फेन्टा, वियर, चाउचाउ, विस्कुटको म्याद सकिने कुरा थाहा थिएन’ दरवाङ्गकी किनारा पसले मन्जु पुनले भनिन, ‘१०–२० हजारको सामान राखेर वेच्न बसेका हामी साना पसलबाट समान नष्ट गर्नु भन्दा ठूला साहुका गोदाममा अनुगमन गर्दे हामीले वेच्नु पर्ने थिएन ।’

अनुगमनमा छ्यापछ्याप्ती म्याद गुज्रेका खाद्य पदार्थ/उपभोग्य वस्तु फेला परेपनि मौखिक रुपमा सचेत गराउने बाहेक कसैलाई कार्वार्ही गरिएको छैन । डिलरले नै म्याद गुज्रेका बस्तू गाउँमा पठाउने गरेको साना पसलेको गुनासो छ । अनुगमनकर्ताले ठूला ब्यापारीको गोदाममा अनुगमन गर्न नसकेको गुनासो छ । अझ वाणिज्य संघका पदाधिकारी, ठूला नेता तथा अगुवाले चलाएका पसल, ब्यवसायमा कहिल्यै अनुगमन नहुने गरेको आरोप लाग्ने गरेको छ ।

‘बजार अनुगमन मार्फत हामी उपभोक्तालाई सचेत पार्न क्याम्पेन हो । स्थानीय सरकारसँग मिलेर गाउँका साना बजारमा अनुगमन गरी गाउँका उपभोक्ता र ब्यवसायीलाई उपभोक्ताको अधिकार प्रति सचेत गराएका छौं’ बजार निरिक्षण अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले भने, ‘गाउँमा सचेतना मुलक अनुगमन गरेपनि सदरमुकामको अनुगमन एक्सन ओरेन्टेड आवश्यक छ ।’

आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, नापतौल तथा गुणस्तर विभाग, राजश्व अनुसन्धान र जिल्ला स्थित बजार अनुगमन नियामक निकाय जिल्ला प्रशासन कार्यालयबाट बर्षेनी बजार अनुगमन गरी ब्यवसायीलाई मौखिक रुपमा ‘सचेत’ गराउने बाहेक कानुनी कारवाही गरेका छैनन ।

गत वर्ष नापतौल तथा गुणस्तर विभाग पोखराबाट आएका अनुगमन टोलीले बजारका विभिन्न सुन पसलमा अनुगमन गर्दा नापतौल काँटामा २ सय ग्रामको तौललाई २ सय ५० ग्राम देखाएको भेटाएको थियो । तत्कालिन बजार अनुसन्धान अधिकृत रहेका सहाययक प्रमुख अधिकारी शोभाकर पोख्रेलले सुनको शुद्धता मापन गर्न नमुना संकलनगरी काठमाण्डौ ल्यावमा पठाएको थियो । तर उक्त ल्याव परिक्षणको रिपोर्ट प्रशासन कार्यालयले सहायक प्रजिअ पोख्रेलले सरुवासँगै गुपचुप पारेको छ ।

‘बजार अनुगमनका क्रममा केही ब्यवसायीलाई कारवाही पनि भएको छ, कसैलाई कार्यालयमा बोलाई लिखित कागजगरी उप्रान्त यस्ता सामाग्री नवेच्न सचेत पारिएको छ । अनुगमनक्रममा फेला परेका म्याद गुज्रेका वस्तु नष्ट पनि गरेका छौं’ जिल्ला प्रशासन कार्यालयको मुद्धा शाखाका रुद्र श्रेष्ठले भने, ‘अनुगमन भन्ने वित्तिकै किनारा पसल, डेरी, फलफुल, माशु र औषधी पसललाई मात्र बढी लक्षित भएको छ । अन्य छुटेको हुन सक्छ ।’

फोटो ः जगत बानियाँ, मंगला गाउँपालिका, कार्यालय

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल