- Loading...
वचन विज्ञापनले फस्टाएको दुधदही ब्यापार
- पुनहिल डट कम
- ५ साल अघि
- ३७७ पटक पढिएको

मंगला गाउँपालिका, २ ताराखेत स्थित बेनी–दरवाङ्ग सडक किनारामा सानो एक्लो घर छ, थमप्रसाद पौडेलको । घरमुनी तीन सुर्का खेत छ, खेतमुनी म्याग्दी नदी ।
घर छेउमा परम्परागत शैलीको भैसी गोठ । गोठमा लैना र वगेर्ना गरी ६ वटा दुहुना भैसी लस्करै बाँधेका छन । बाटो माथीपट्टीको सानो छाप्रोमा ब्याउनी भैसीले पराल उग्राउँदै छ ।
थमप्रसादको घरको कुँडेमा दैनिक ३० लिटरबढी दुध तात्छ । कुनै दिन पनि कुँडेमा दुध बासी रहन्न । दुध र दही बेच्न कहीं लाग्नु पर्दैन । १० लिटरको दही जमाउँछन । बाकी दुध नै वेच्छन । दुधदही खोज्दै ग्राहक घर आउँछन । भैसीको थुनबाट ठेकीमा दुहेको दुध कुँडेमा नखन्याई सोझै ग्राहकको भाँडो भर्दिन्छन, उनी । दही काठको ठेकोमा राखेरै जमाउँछन ।
सस्तो मुल्यमा मिठो र शुद्ध दुधदही विक्रि गर्ने भएकोले ‘वचन विज्ञापन’का भरमा थमप्रसादको गोठ व्राण्डेड भएको छ । बेनी–दरवाङ्ग–ताकम सडकमा चल्ने यातायातका यात्रु उनका स्थाई ग्राहक हुन । बसका खलासीले थमप्रसादको गोठ पुगेपछि चिच्चाउँछ, ‘दुधदही किन्ने कोही छ ?’
ग्राहक पनि गज्जवका छन । कुनै पनि ग्राहक नियमित छैनन । ग्राहक निरन्तर छन । ब्यक्ति सँधै आउँदैन तर ग्राहक बोकेका सवारी साधन नियमित छन । बस, ट्रक, जीप, ट्याक्सी र मोटरसाईकल यात्रु यहाँ रोकिएर दुध दही किन्छन ।
‘तपाईले एक पटक यहाँको दुधदही चाख्नुस, अर्को पटकदेखी तपाईको गाडी आफै यहाँ आएर रोकिन्छ’ बेनी–दरवाङ चल्ने एक जीप चालकले भने, ‘बजारमा पाउडर र पानी मिसाएको दुध र दही खाएका यात्रुले यहाँको दुधदहीको स्वाद जिव्रोको टुप्पोमै झुण्डिन्छ ।’
दुधदही वेचेरै पौडेलले खर्च कटाएर मासिक कम्तीमा २० हजार र तरकारी वेचेर २५ हजारबढी कमाउँछन । यही कमाईले एउटा छोरालाई कोठमाण्डौमा राखेर आईएस्सी फिजिक्स पठाउँदैछन । तीन वटा छोरीमध्य जेठीले विए, माईलीले कक्षा ११ र कान्छीले १० कक्षा पढाउँछन । छोराछोरीले पनि वेलुका विहान बाबुआमाको काममा सहयोग गरेका छन ।
‘झरीवादल, चाडपर्व, मेलाजात्रा नभनी घाँसकाट्ने, भकारो सोहोर्ने, कुँडो, घाँस र पानीले भैसी स्याहर्दै दिन वित्छ । साँझ लखतरान भएको बेला खनखनी पैसा हातमा पर्दा सवै दुःख विर्सिदो रहेछ’ दुहुनो भैसीलाई कुँडो खुवाउँदै थप्रसादले भने, ‘गोठमा जन्मे हुर्केको र गोवर लत्पतिएको गरिव किसानको छोरो डाक्टर बनाउने धोको छ ।’
१५ बर्षअघि खेत चिरेर बेनी–दरवाङ्ग सडकले ट्रयाक खोलेपछि भविश्य खोज्न माथी पाखाको घरबाट एउटा बगेर्नो भैसी डोर्याउँदै लालावाला अघि लगाएर बाटो छेउमा झरेका हुन, थमप्रसाद पौडेल । पौरखी पौडेल दम्पत्तिले भैसीको गोवर हालेर ४ रोपनी क्षेत्रफलको खेतमा ताजा तरकारी खेती सुरु गरे । वारीमा उत्पादन भएको तरकारी एक घन्टा तलको तातोपानी बजार पुर्याएर बेच्थे । अहिले पनि उनी मौषमी/वेमौषी तरकारी खेती गर्छन । पहिलो बोकेर ग्राहको दैलोमा पुग्नु पर्थ्यो अहिले डोको बोकेर ब्यापारी बारीमै आउँछन । भैसी र तरकारी खेती एक अर्काका पर्याय झै भएका छन ।
परम्परागत भैसी गोठलाइ पौडेलले अव सुधार गर्ने भएका छन । भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय म्याग्दीबाट ‘मोडेल भैसी फार्म’ स्थापना गर्न पौडेलले ५ लाख रुपैयाँ अनुदान पाएका छन । यही पैसाले परम्परागत भैसी गोठलाई सुधार गर्ने, दानापानी दिने डुँढ, घाँसपनि काटेर खुवाउने र भकारो पनि सुधारगरी मलमुत्र खेर नजाने बनाउँदैछन ।
‘अव भैसी गोठलाई सुधार गरी अलि आधुनिक बनाउने र भकारोलाई पनि सुधार गरी मलमुत्रको अझ वढी उपयोग गर्ने योजनामा छु’ अगुवा कृषक पौडेलले भने, ‘तरकारी खेतीकालागी थप तीन रोपनी जग्गा भाडामा लिएको छु ।’
खाद्य सुरक्ष ागर्ने मुख्य लक्ष्य सहित मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषी गाउँ कार्यक्रम पनि मंगला गाउँपालिकाको २ ताराखेत, सिमलचौर र ३ को सातविसे क्षेत्रलाई छनौट भएको छ । २५ लाख बजेट रहेको कार्यक्रममा अगुवा र नमुना कृषी उत्पादनलाई अनुदान दिने योजना छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
