FLASH NEWS
  • Loading...

म्याग्दीमा सहकारी दिवस मनाईयो

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४६४ पटक पढिएको
म्याग्दीमा सहकारी दिवस मनाईयो

६२ औं राष्ट्रिय सहकारी दिवस म्याग्दीमा पनि विविध कार्यक्रमसहित मनाईएको छ ।

विभिन्न बचत तथा ऋण सहकारीहरु संलग्न आ–आफ्ना ब्यानरमा झाँकीसहित बजार परिक्रमापछि सभामा परिणत भएको थियो । सभाको महिला, बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्री थममायाँ थापाले गरिन ।

‘वचत तथा ऋण सहकारीहरु कमजोर र साना ब्यवसायीका आर्थिक मेरुदण्ड हुन । सहकारीले अव सानो र अनुत्पादन क्षेत्रमा लगानी गर्नुको साटो ठूला उत्पादनमुलक क्षेत्रमा पनि जानु आवश्यक छ’ प्रमुख अतिथिको मन्तब्य राख्दै मन्त्री थापाले भनिन्, ‘अव अनुत्पादक र घरायसी क्षेत्रमा होईन ब्यवसायीक उत्पादन क्षेत्रमा लगानी बढाउनु पर्छ । सानो रकम जम्मागरी ठूलो उत्पादन क्षेत्रमा लगानी आवश्यक छ ।

सहकारी दिवसको उपलक्ष्यामा आयोजिक कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसी, जिल्ला समवन्यय समितिका संयोजक देवेन्द्रबहादुर केसी, नेकपा जिल्ला सयन्त्र सदस्य टेकबहादुर विक, काँग्रेस सचिव मीनबहादुर कार्कीले वचत तथा ऋण सहकारीले आर्थिक क्षेत्रमा पारेको प्रभाव बारे चर्चा गरेका थिए ।

त्यसैविच सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघले सदस्य सहकारी संस्थाका संञ्चालकहरुलाई सहकारी संञ्चालन सम्बन्धी अभियान, सहकारीका मुल्य, मान्यता, आदर्श, सहकारीका ऐन, कानुनका विविध पक्षमा राष्ट्रिय सहकारी वैंकका अध्यक्ष केवी उप्रेति, संञ्चालक रामबहादुर जिसी, सहकारी महाँसघका उपाध्यक्ष मीनराज कंडेल, वचत तथा ऋण सहकारी संघका भीम गुरुङ्गले प्रशिक्षण गरेको जिल्ला अध्यक्ष दीपक कार्की विखर्चीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल