Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दी काँग्रेसको ‘विपी स्मृति भवन’ उद्घाटन

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५३२ पटक पढिएको
म्याग्दी काँग्रेसको ‘विपी स्मृति भवन’ उद्घाटन

नेपाली काँग्रेस म्याग्दीको बेनी नगरपालिका, ७ संगमचोक भित्री गल्लीमा निर्मित दुई तल्ले पक्की कार्यालय ‘विपी स्मृति भवन’ सभापति शेरवहादुर देउवाले उद्घाटन गरे ।

काँग्रेसले ९३ लाख ११ हजारबढी लागतमा कार्यालय भवन निर्माण गरेको हो । भवनको शनिवार बेनीमा एक समारोह विच सभापति देउवाले उद्घाटन गरेका हुन । म्याग्दी काँग्रेसको कार्यालय ‘विपी स्मृति भवन’ उद्घाटन गर्न शनिवार म्याग्दी आएका काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले हेलिकोप्टरबाट सोझै तातोपानी कुण्डमा डुबेर श्वास्थ्य लाभ लिए ।

‘म्याग्दीको तातोपानीमा डुबेर नुहाएपछि मन र शरिरको मैलो पखालिएको छ । अव काँग्रेस र ब्यवहारका फोहोर मैला पनि पखाल्नु पर्छ’ नेता पौडेलले भने, ‘हात उठाएर मात्र एकता हुँदैन, ब्यवहार र दस्तावेजमा पनि एकता होस ।’

बेनी नगरपालिका, ४ सिङ्गा स्थित प्राकृतिक तातोपानीको पोखरीमा बरिष्ठ नेता पौडेल करिव १५ मिनेट डुबुल्कि लगाए । तातोपानीले नेता पौडेलको जस्तो सभापति देउवाको मन सफा गरेन । देउवाले सम्बोधनमा नेता पौडेललाई चुनौति दिँदै भने, ‘पार्टीमा एकता आवश्यक छ । चुनावमा हारजित हुन्छ । पार्टी भित्रको चुनावमा पनि हारजित हुन्छ, स्वीकार गर्नु पर्छ ।’

भवन उदुघाटन सभालाई करिव ५ मिनेट सम्बोधन गरेका सभापति देउवाले देशमा निर्वाचित तानाशाहको लक्षण देखिएको भन्दै काँग्रेसले एक बर्ष चुप लागेर बसेपनि अव हत्याहिंसा, वलत्कार र भ्रष्टाचर विरुद्ध लड्ने बताए । कार्यक्रममा बरिष्ठ नेता नेता पौडेलले विप्लव माओवादीको हिंसात्मक आन्दोलन ‘आउट अफ कन्ट्रोल’ हुँदै गएको भन्दै ओली नेतृत्व कम्युनिष्ट सरकारसंग देश विकास गर्ने आईडिया नभएको र विदेशीले लगानी कर्ताले पनि नपत्याएको आरोप लगाए ।

‘ओली सरकार र सिके राउतको सम्झौतामा प्रयुक्त भाषा र सिके राउतको अभिब्यक्तिले राष्ट्रघातलाई बढवा दिएको छ । कसरी एउटा राज्य फुटाउन जनमत संग्रह हुन सक्छ ?’ नेता पौडेलले भने, ‘ओलीको मुखको राष्ट्रवाद ब्यवहारमा लम्पसारवादी छ ।’ वाईडवडी, सुन काण्ड, एनसेल करका ‘ठूला माछा’ खै ? भन्दै नेता पौडेलले प्रचण्ड तर्फ फर्केर थपे, ‘बडे डाँका राजा, छेटो डाँका जेल’

सभापती खमबहादुर गुर्वजाको अध्यक्षतामा सम्पन्न भवन उद्घाटन कार्यक्रममा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केसहरु अर्जुन जोशी, रत्ना शेरचन, पूर्व म्याग्दी सभापति रेशम बानियाँ, उपसभापति नेत्रमहत, बेनी नगरप्रमुख तथा सचिव हरीकुमार श्रेष्ठ, महिला नेतृ मनकुमारी विक, तरुणदलका मुकुन्द छन्त्याल, अनोद श्रेष्ठ समेतले आ–आफ्नो मन्तब्य राखेका थिए ।

बेनी नगरपालिका, ४ स्थित सिङ्गा प्राकृतिक तातोपानी पोखरीमा डुबुल्कि मारेर(नेचुरल हटस्पीङ वाथ) लिई श्वास्थ्य लाभ लिन भिआईपीहरुको आकर्षण बढ्न थालेको छ । विशिष्ठ नेताहरु तातोपानी डुब्न आउने भएपछि तातोपानी ब्यवस्थापन समितिले सर्वसाधारणलाई तातोपानी पोखरीमा वाथ लिन रोक लगाएको थियो ।

पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) र संघिय सरकारका गृहमन्त्री तथा नेकपा नेता रामबहादुर थापाद्वय सपत्नि तातोपानीमा डुबेर श्वास्थ्य लाभ लिएपछि थप चर्चामा छ । तातोपानीमा पूर्वप्रधानमन्त्री एवं नेकपा नेता झलनाथ खनाल, समेत पूर्वमन्त्री, नेता तथा पूर्व मुख्य सचिव समेत कर्मचारी, सेना र प्रहरीका उच्च पदस्थ अधिकारीहरु पनि तातोपानी पुग्ने र हटस्पीङ वाथ लिने बढेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल