Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

बेनी बचाउन अस्थाई तटवन्ध, कालीगण्डकीको धार परिवर्तन गरिँदै

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५४२ पटक पढिएको
बेनी बचाउन अस्थाई तटवन्ध, कालीगण्डकीको धार परिवर्तन गरिँदै

बाढीको उच्च जोखिमयुक्त जिल्ला सदरमुकाम बेनी जोगाउन लगाएको पक्की तटवन्ध बाढीले बगाएपछि अस्थाई तटवन्धको काम सुरु गरिएको छ । तटवन्धसँगै कालीगण्डकी नदीको धार परिर्वतन गर्न पनि थालिएको छ ।

कालीगण्डकी र म्याग्दी नदीको दोहोरो कटानले त्रिकोणात्मक खुम्चदै गएको सदरमुकाम बेनीबजार संरक्षण गर्न करोडौं खर्चेर लगाएको आरसीसि तटवन्ध बाढीले बगाएपछि कालीगण्डकी नदी पट्टीको तीन सय ३८ मिटर किनारमा ग्याभिन जालीको अस्थाई तटवन्ध निर्माण थालिएको हो ।

तटवन्ध निर्माण गर्न सदरमुकाम बेनी संरक्षण जिम्मेवारी पाएको पोखरा स्थित रुपाताल संरक्षण एकिकृत परियोजनाबाट तीन करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । बजेट सुनिश्चित भएपछि ५७–५७ मिटरका तीन र एक सय ५७ मिटर छुट्टै गरी चार प्याकेज बनाई उपभोक्ता समिति मार्फत तटवन्ध सुरु गरिएको हो ।

‘बेनी नगरपालिका, ७ र ८ वडामा आ–आप्mना उपभोक्ता समिति बनाई कालीगण्डकी तर्फ तटवन्ध निर्माण सुरु गरेका छौं’ बेनी नगरपालिका, ८ का वडाध्यक्ष रामकृष्ण बराईलीले भने, ‘साविक कार्यक्रमबाट निर्मित तटवन्धको स्टक्चर फेल भएपछि रिडिजाईन हुँदैछ । रिडिजाईन र ठेक्का प्रकृया चरण पर्खदा बर्खा लाग्ने बेनी थप जोखिममा पर्ने देखिएकोले अस्थाई तटवन्ध सुरु गरिएको हो ।’

ब्यवस्थित तर अस्थाई तटवन्ध निर्माण गर्दा १ सय ७१ मिटरमा नदी सतहबाट ५ फिट गहिरो फाउण्डेसन राखी ११ फिट चाक्लो र ६ फिट अग्ला ग्याभिन तटवन्ध निर्माण गर्ने योजना छ । बाढीले क्ष्ँति नपु¥याएको तर जोखिममा रहेको पुराना आरसिसी वाल संरक्षण गर्न नदीको सतहभन्दा ५ फिट गहिरो फाउण्डेसनमा ७ फिट चाक्ला एक लेयर एप्रोन ग्याभिन राख्ने गरी डिजाईन गरिएको १ नम्बर प्याकेजको उपभोक्ता समिति अध्यक्ष सागर बरुवालले बताए ।

नदी कटानबाट बेनी संरक्षण गर्न तटवन्ध लगाउने काम मात्र होईन कालीगण्डकी नदीको धार परिर्वन गर्ने काम पनी सुरु भएको छ । कालीगण्डकी नदीलाई म्याग्दी बेनी र मल्लाज बेनीको विचबाट बगाउन डोजर लगाएर नदीको धार परिवर्तन गर्न थालिएको छ । ‘नदीले म्याग्दी बेनीपट्टी सोझिएर बेनी कटान गर्दै परार्वतन भै मल्लाज बेनी तर्फ बहावको धार सोझिएकोले विचबाट बगाउने प्रयास थालिएको हो’ बेनपा, ७ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘नदीको धार विचमा सोझाउन सकियो भने बर्खाको समयमा छेउ हान्ने क्रम रोकिने विश्वास छ ।’

दोभानदेखी तीन किलोमिटर उत्तर ग्याभिन जालीको तटवन्ध बनाई त्यसमाथी मोटरबाटो बनाउन समुदायले ०५५ सालदेखी सुरु भएको हो । ०७० सालदेखी जलउत्पन्न प्रकोप कार्यालयले पक्की तटवन्ध क्रमागत योजनामा सुरु गरेपनि पुरा नहुँदै बाढीले बगाएको हो ।

‘हामीले ०५५ सालदेखी नै समुदायबाट सवै घर÷घडेरी प्रति हातको हिसावले चन्दा संकलन गरी संरक्षण शुरु गरेका थियौ’ बेनी संरक्षण अभियानका अध्यक्ष हरीकृष्ण श्रेष्ठले भने, ‘बजार क्षेत्रका सडक साँघुरो भएकोले नदी नियन्त्रणसँगै मोटरबाटो सहितको बहुउद्देश्यीय तटवन्ध गर्ने योजना हो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल