Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

गाउँ चिनाउन डिजिटल गीत

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४८७ पटक पढिएको
गाउँ चिनाउन डिजिटल गीत

सवै क्षेत्रमा पहिचानको खोजी भैरहेको छ । र म्याग्दीका गाउँहरुको पहिचानको माध्यम बनेका छन, गाउँठाउँको भिडियो सहितका गीतसंगीत ।

गाउँका पर्यटकीय, धार्मीक, साँस्कृतिक एवं ऐतिहाँसिक स्थलहरु समेटेर छायाँड्ढन गरिएका म्यूजिक भिडियोमा राखिएका दृष्य, शब्द र संगीतबाट पर्यटक आकर्षित गर्ने लहर नै चलेको छ । गाउँको पहिचान गराउन, नयाँ पुस्तालाई पुख्यौली कलासंस्कृति पुस्तान्त्रण गर्ने र लोपोन्मुख परम्परागत संस्कार, संस्कृतिको डिजिटल फर्ममा संरक्षण गर्न गाउँगाउँका गीत संगीत गज्जवको माध्यम भएका छन । र यस्ता गाउँ–गाउँका म्युजिक भिडियोहरु गाउँ चिनाउने साँगेतीक कोसेली भएका छन ।

‘पुर्खाको थाकथलो भुगोल र कला संस्कृतिलाई डिजिटल अभिलेख गर्ने गज्जव माध्यम भएका छन, म्युजिक डिडियो’ पुख्यौली थलो र कलासंस्कृति समेटेर म्युजिक भिडियो निर्माता अन्नपूर्ण गाउँपालिका, ८ नागीका किसन पुनले भने, ‘गाउँ आएका पर्यटक र विदेशमा रहेका गाउँले दाजुभाईले भिडियो सिडी लैजान्छन, यूट्युव, फेसवुक पेजमा राखेर पनि प्रचार–प्रशार भैरहेको छ ।’

गीतसंगीत मार्फत पर्यटक लोभ्याउन पर्यटकीय वस्ती घोडेपानी, नागी मात्र होईन वीम, चिमखोला, दरवाङ्ग, बेगखोला, हिस्तान, राम्चे, तातोपानी, दुःखु, दाना, मुदी र पछिल्लो पटक लुकेको वस्ती गुर्जा गाउँको भुगोल, कलासंस्कृति र भाषा समेटेर स्थानिय गीतमा नै म्युजिक भिडियो बनेका छन ।

बेनीको बजार, घोडेपानी डाँडैमा, जाउँ है घुम्नलाई तातोपानी, स्वर्ग जस्तै नागीगाउँ, चिमखोलाको स्वागत, जाउँला पाखापानी पाईजाको छोरी लिन, दरवा¨ दुखु गाउँ, शिख देउराली, गुराँस फुल्ने पाखामा जस्ता म्युजिक भिडियोहरुमा यहाँका पर्यटकीय गन्र्तब्य तथा प्राकृतिक सौन्दर्य, स्थानिय जातजातीका परम्परागत कलासंस्कृति, संस्कारलाई समेटिएको शब्द र लय पनि स्थानिय प्रयोग गरिएका हुन्छन ।

‘संञ्चार प्रविधीसँगै विदेशी संस्कृतिको हस्तक्षप छेक्न नसकेपनि पुर्खाको कला, संस्कार÷संस्कृति भविश्यका पुस्ताकालागी पनि संरक्षण आवश्यक छ । अव डिजिटल फर्ममा नगै कुनै कुराको संरक्षण संभव रहेन’ पुख्यौली संस्कृति संरक्षण तथा म्युजिक भिडियो निर्माता मौषम पुनले भने, ‘सवै जात÷जातिको जम्म, न्वारन, छेवर, विवाह, मृत्यु कर्मसमेतका संस्कार र लोपुन्मुख अवस्थाका कलासंस्कृति भोलीका पुस्ताकालागी संरक्षण गर्न आवश्यक छ । र यी साँस्कृतिक सम्पदाको डिजिटल फर्ममा संरक्षण नगरे छिट्टै लोप हुने खतरा छ ।’ पुनले थपे, ‘भिडीयोमा अभिलेख हुँदा बर्षौसम्म सुरक्षित गर्न सकिन्छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल