- Loading...
धौलागिरी आईसफल र पुनहिल पदमार्गलाई एक करोड
- पुनहिल डट कम
- ६ साल अघि
- ५२८ पटक पढिएको

पुनहिल– संघिय सरकारको पर्यटन मन्त्रालयले हालै घोषणा गरेको देशका एक सय गन्तब्य मध्य जिल्लाका दुई पदमार्ग रुईसे–धौलागिरी आईसफल र घोडेपानी–पुनहिल–महरे पदमार्ग सुधार गर्न ५०–५० लाख रुपैया विनियोजन गरेको छ ।
‘पुनहिल–महरे र रुईसे–आईसफल पदमार्गको स्तरबृद्धी गर्ने गरी काम गर्न पर्यटन मन्त्रालयले छुट्टाछुट्टै ५०–५० लाख रुपैयाँ विनियोजन भएको छ’ प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘बजेट समयमै कार्यानवयन गर्न शुक्रवार यथाशिघ्र गुरुयोजनासहित कार्यक्रम पठाउन अन्नपूर्ण र रघुगंगा गाउँपालिकालाइ पत्राचार भएको छ ।’
संघिय सरकारले हालै अन्नपूर्ण गाउापालिका, ६ मा पर्ने पुनहिल–घोडेपानीलाई पोखराबाट छोटो दुरीमा सस्तो मुल्यमा गर्न घुम्न सकिने पर्यटकीय गन्तब्य घोषणा गरेको छ । कास्की र म्याग्दीका दुई अन्नपूर्ण गाउापालिकाको सिमामा अवस्थित घोडेपानीको सिरानमा प्रख्यात दृष्यस्थल पुनहिल रहेको थियो ।
त्यसैगरी रघुगंगा र अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङ्गको लेते समेटेर बनेको रुईसे–धौलागिरी आईसफल एडभेन्चर ट्रेललाई नयाँ गन्तब्य घोषणा गरेको थियो । धौलागिरी हिमालको उत्तरपूर्वि मोहडाबाट झर्ने हिउँ झरना पुग्ने पदमार्गलाई आईसफल पदमार्ग भनिन्छ । गलेश्वरबाट पदमार्ग शुरु भै भगवतीकोट, रुईसे, चिमखोलाको धुरीमा पर्ने कालापहाड हुादै धौलागिरी आईसफल छेउबाट मुस्ताङ्गको याकखर्क, नारउरीकोट, लेते निक्लन सकिन्छ ।
‘आईसफल ट्रेलको करिव ३ किमी बाटो गत भदौ २७ गते धौलागिरी वेस क्याम्प क्षेत्रमा परेको भिषणबर्षा पछि आएको बाढीले बगाएको छ, मन्त्रालयले वनियोजित बजेट यहीं पदमार्ग सुधार गर्न तथा पदमार्गमा संकेत समेत पुर्वधार थप्न आवश्यक छ’ आईसफल पदमार्ग निर्माण समितिका अध्यक्ष ध्रुव पाईजाले भने, ‘गाउँपालिकाले तलदेखी माथीसम्म प्रभाव देखिनेगरी योजना बनाई काम गर्न आवश्यक छ ।’
एड्भेन्चर पदयात्राकालागी नयाा गन्तब्य आईसफल पदयात्रा क्याम्पेन ट्रेक हो । पदयात्रामा गोरेटो निर्माण, खानेपानी तथा विसौनी, बाटो संकेत बोर्ड र हावाहुरी र हिमपातको बेला पर्यटकको सुरक्षाकालागी विभिन्न स्थानमा सामुदायिक भवनहरु निर्माण गरिएका छन ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
