Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

ओमकुमारी शान्ति कोषलाई १७ लाख हस्तान्त्रण

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ६७१ पटक पढिएको
ओमकुमारी शान्ति कोषलाई १७ लाख हस्तान्त्रण

पुनहिल– विपन्न र आर्थिक अवस्था कमजोर जिल्लाबासीको श्वास्थ्य उपचारमा सहयोग जुटाउँदै आएको ओमकुमारी शान्ति कोषको ‘अक्षयकोष’मा म्याग्दी उद्धार समिति बहराईनले १७ लाख १ हजार २ सय ९५ रुपैयाँ सहयोग गरेको छ ।

ओमकुमारी शान्ति कोषको बेनी स्थित सचिवालयमा पत्रकार सम्मेलनगरी म्याग्दी बहराईन उद्धार समितिका अध्यक्ष लोक राम्जाली, वरिष्ठ सल्लाहकार छविलाल विश्वकर्मा, अक्षय कोष सहयोग समितिका संयोजक दिनेश विस्नेतले कोषका अध्यक्ष राजेश शाक्यलाई १७ लाखबढीको चेक हस्तान्त्रण गरेका हुन ।

‘सहयोगको आस गरी आएका विरामीले रिक्तो हात फर्कनु नपरोस, ओमकाुमारी शान्ति कोषले विभेद गर्‍यो भन्नजे गुनासो नआवस’ सहयोग हस्तान्त्रणपछि उद्धार समिति बहराईनका सल्लाहकार छविलाल विश्वकर्माले भने, ‘परोपकारी कर्ममा ओमकुमारी शान्ति कोषको छविमा दाग नलागोस । प्रदेशबाट हाम्रो साथ सर्मथन रहने छ ।’

म्याग्दी बहराईन उद्धार समिति सन् १९९४ सालमा बहराईनमा मजदुरी गर्न पुगेका जिल्लाबासीले गठन गरेको संस्था हो । समितिले बहराईनमा ‘मनकारी म्याग्दी’ अभियान संञ्चालन गरी जिल्लाको शिक्षा, श्वास्थ्य, खेलकुद, सडक, पानी समेत सामाजिक क्षेत्रमा हालसम्म ७० लाखबढी सहयोग गरेको छ । जिल्लाको विकासमा एउटा खाडी देशमा कार्यरत मजदुरले ७० लाखबढी खर्च गर्नु ठूलो उपलब्धी हो ।

‘हामी खाडीको मरुभुमिमा पुगेका मदजुरको पसिनाको थोपा थोपा संकलन गरी जिल्लाको विकासमा खर्च गरेका हौं । तातो मरुभुमिका बगाएको पसिनाको थोपा मातृभुमिको सही ठाउँमा उपयोग भएको देख्न चाहन्छौं’ सहयोग हस्तान्त्रण गर्दै उद्धार समिति बहराईनका अध्यक्ष लोक राम्जालीले भने, ‘हाम्रो सहयोग उद्देश्य अनुसार आर्थिक अभावकै कारण अस्पताल पुग्न नसक्ने गरिव, विपन्न विरामीको जीवन रक्षामा खर्च होस ।’

‘दिन जान्यो, बाँच्न जान्यो’ भन्ने मुल भवनासहित गठन भएको ओमकुमारी शान्ति कोष आर्थिक अभवाकै कारण अस्पताल पुग्न र ज्यान गुमाउन बाध्य विपन्न जिल्लाबासीको उपचारमा सहयोग जुटाउँदै आएको छ । साविक सिङ्गा–१ थामडाँडाकी हाडभित्र मासी उत्पादन नहुने (हाईपोलास्टीक एनीमिया) रोगबाट ग्रसित ओमकुमारी पुन (शान्ति)को उपचार गर्न संसारभरी संञ्चालन गरिएको ओमकुमारी बचाउ अभियानबाट बचेको १३ लाख रुपैयाँलाई उनै स्व.ओमकुमारी शान्ति कोष बनाईएको हो ।

‘हामीले शान्ति वैनीलाई बचाउन नसकेपनि उनको नाममा संकलित रकम आर्थिक अभावले उपचारन नपाएका विरामीको उपचारमा खर्च गर्ने निर्णय गर्‍यौं । र हालसम्म एक सय ५ जना विरामीको उपचारमा १ करोड ८३ लाख २४ हजारबढी सहयोग जुटाएका छौं । केही जटिल रोगबाट ग्रसित विरामीको उपचार सफल भएको छ’ ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले भने, ‘हामीलाई विश्वासगरी गरेको सहयोगको एक रौंपनि दुरुपयोग गर्ने छैनांै । अभियानमा हुने सवै खर्च हामीले ब्यक्तिगत गरेका छौं । सदयागदाताको एक पैसा अन्यत्र खर्च गर्ने छौनौं । विश्वासमा कुनै घात हुन दिन्नौं, दिन्नौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल