FLASH NEWS
  • Loading...

विद्यालय पुननिर्माण गर्न प्रवासबाट सहयोग

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५०८ पटक पढिएको
Post Thumbnail

रघुगंगा गाउँपालिका, ८ कुईनेमंगले स्थित रितुङ्ग माध्यामिक विद्यालय भवन पुननिर्माण गर्न प्रवासीले १० लाख ५७ हजारबढी नगद सहयोग गरेका छन ।

विद्यालय पुन:निर्माण गर्न बेलायतमा रहेका कुईनेमंगलेवासीको पहलमा ७ लाख ९० हजार, कमल छन्त्यालको अगुवाईमा अमेरिकाबाट २ लाख ७७ हजार नगद सहयोग गरेका हुन । विद्यालय पुन:निर्माण गर्न सदरमुकाम स्थित रिहगात बचत तथा ऋण सहकारी संस्थाबाट ८० हजार, छन्त्याल संघका जिल्ला अध्यक्ष चित्रमान र भाई गमन छन्त्यालले पनि छुट्टै दुई लाख सहयोग गरेका छन । रितुङ्ग मावि छन्त्याल जातिको बाहुल्य सेवा क्षेत्रमा अवस्थित छ ।

विद्यालय वगर बनेपछि पुन:निर्माण गर्न राज्यको मात्र मुख ताक्ने अवस्था रहेन । त्यसैले देश विदेशमा रहेका कुईनेमंगलेवासी, चन्दादाताहरुसंग सहयोग मागेका छौं । पहिलो चरणमा वेलायत र अमेरिकाबाट सहयोग आउन सुरु गरेको हो’ रघुगंगा गाउँपालिका, ८ कुईनेमंगलेका वडाध्यक्ष गमन छन्त्यालले भने, ‘गाउँपालिका र वडाबाट पनि केही बजेट छुट्टाएका छौं । बजेट विनियोजन भैसकेकोले यो बर्ष प्रयाप्त बजेट भएन । प्रदेश तथा केन्द्र सरकारलाई पनि बजेट मागी पठाएका छौं ।’

भदौ २७ गते धौलागिरी हिमालको दक्षिणी वेसक्याम्पमा परेको भिषण बर्षापछि रघुगंगा नदीमा आएको बाढीले रितुङ्ग माविका १० मध्य ७ वटा कक्षा कोठा, शौचालय, श्वास्थ्य चौकी, खेल मैदान समेत पाँच घर बगाएको थियो । बाढीले ५ करोडबढीको भौतिक क्षति पुर्‍याएको थियो ।

बाढीले विद्यालयको कक्षा कोठासमेत भौतिक संरचना बगाएपछि बगरमै प्लास्टिक त्रिपालभित्र विद्यार्थी राखेर अध्यापन गराउँने गरिएको छ । हिमाल फेदीमा प्लास्टिक त्रिपालमुनी बसेर पढ्दा विद्यार्थी चिसोले कठ्याग्रीने गरेका छन ।

त्यसैविच विद्यालय सुरक्षित स्थानमा स्थानन्त्रण गर्न उपयुक्त जग्गाको खोजी भैरहेपनि सवैलाई पाएक पर्ने र सुरक्षित अर्को जग्गा फेला नपरेको जनाएको छ । ‘विद्यालय स्थानन्त्रण गर्न सुरक्षित र सवै वस्तीलाई पाएक पर्ने जग्गा खोजीमा छौं । भनेजस्तो पाईएको छैन’प्रध्यानअध्यापक खिमबहादुर छन्त्यालले भने, ‘निजी श्रोतबाट संञ्चालित विद्यालयले अर्को जग्गा किन्ने, पुरै संरचना बनाउन झन समस्या हुने भएकोले यही ठाउँलाई संरक्षण गर्ने कि भन्ने विषयमा पनि प्राविधिकसँग परामर्श भैरहेको छ ।’

१२ जना शिक्षक कार्यरत रितुङ्ग माध्यामिक विद्यालयमा आधारभुत तहमा तीन जनाबाहेक सवै शिक्षक निजी श्रोतका हुन । शिक्षक कर्मचारीको तवलभत्तामा बार्षिक १२ लाखबढी आर्थिक श्रोत जुटाउँदै आएको समुदायकालागी बाढीले विद्यालय भवन  बगाएपछि थप समस्या भएको हो । विद्यालय भवन पुन:निर्माण गर्न तथा तलवभत्ता जुटाउन वडाध्यक्ष गमन छन्त्यालको अध्यक्षतामा आर्थिक संकलन मुल समिति बनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल