Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

जिल्लाका नेता पढाउँदै म्याग्दी एमाले

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • ३१९ पटक पढिएको
जिल्लाका नेता पढाउँदै म्याग्दी एमाले

नेकपा एमालले म्याग्दीले जिल्ला कमिटिका सदस्यहरुलाई सामाजिक रुपान्त्रण, मार्क्सवादी विश्वदृष्टीकोण, पार्टीको नीति, कार्यक्रम र कार्यदिशा समेतका विषयमा तीन दिने प्रशिक्षण दिन थालेको छ ।
एमाले कार्यकर्तामा बैचारिक क्षमता हृास भैरहेको गुनासो विच एमालेले केन्द्रीय वैचारिक नेताहरु झिकाएर जिल्ला कमिटी र सोभन्दा माथिल्लो कमिटीका सदस्यहरुलाई वैचारिक प्रशिक्षण दिन थालेको हो ।
एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीका अनुसार विहिवारको प्रशिक्षणमा एमाले उपमहाँसचिव प्रदीप ज्ञवालीले सामाजिक रुपमान्त्रण र मार्क्सवादी विश्वदृष्टिकोण, एमाले स्कुल विभागका धनन्जय दवाडीले संगठन निर्माण, ब्यवस्थापन र परिचालन, सुन्दर लामिछानेले पार्टी काममा सूचना तथा संञ्चारको महत्व, टुकराज सिग्देलले पार्टी अनुसासन र जीवनशैली विषयमा प्रशिक्षण गरेका थिए ।


त्यसैगरी शुक्रवार पार्टीको बर्तामान नीति, कार्यक्रम र कार्यदिशा विषयमा उपमहाँसचिव प्रदीप ज्ञवालीले, नेपालका राजनैतिक दलहरुको तुलनात्मक अध्ययन र राजनैतिक शक्ति सन्तुलन विषयमा किरण गुरुङले, ब्यवस्थापन, कार्यकर्ता प्रशिक्षण ब्यवस्थापन, प्रस्तुती सीप र शैलीबारे घनश्याम कोईराला, समावेशी सिद्धान्तबारे नरदेवी पुनले प्रशिक्षण दिंदैछिन ।


त्यस्तै पर्सि शनिवार नेपाली समाजको विकासक्रम र जिल्लाको सांस्कृतिक विशेषताबारे एमाले गण्डकी प्रदेश कमिटि अध्यक्ष नवराज शर्माले, जिल्लाको एमाले पार्टीको भुमिका सम्बन्धमा केन्द्रीय सदस्य भुपेन्द्र थापाले, एमाले म्याग्दीको आगामी कार्ययोजना सम्बन्धमा जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीले प्रशिक्षण दिने र कार्यक्रममा कार्यकर्ताले उठाएका जिज्ञासामा उपमहाँसचिव ज्ञवालीले सम्बोधन गर्ने कार्यतालिका भएको एमाले म्याग्दीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल