FLASH NEWS
  • Loading...

पहिरो झरेपछि बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • ३५१ पटक पढिएको
पहिरो झरेपछि बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध

भारी बर्षापछि पहिरो झरेपछि बेनी–जोमसोम सडकको गलेश्वर–पोखरेबगर खण्डको दुई स्थानमा पहिरो झरेपछि यातायात अवरुद्ध भएको छ ।
सोमबार दिउँसो ३ बजेदेखी ६.३० बजेसम्म लगातार परेको वर्षापछि रघुगंगा गाउँपालिका, २ बैसरी छेउ सिरुवारी पहिरो र अन्नपूर्ण गाउँपालिका, ६ घारको महभीरमा पहिरो झरेपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘बेनी–जोमसोम सडकको वैसरी र महभीर दुई स्थानमा पहिरो झरेकोले साँझ ६.१५ बजेदेखी सोझो यातायात अवरुद्ध छ । यातायात खोल्ने प्रयास भैरहेपनि पहिरो झरीरहेको र सडक विभागसँग समन्वय भैरहेकोले संभव भएको छैन’ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायवउपरिक्षक भरत श्रेष्ठले भने, ‘राती भयो, पहिरो झरीरहेकोले बढी रिस्क नमोल्नु उपयुक्त हुने देखिएकोले यात्रुलाई सुरक्षित स्थानमा फर्कन भनेका छौं ।’
बेनी–जोमसोम सडकमा बैसरी विगत केही वर्षदेखी बर्षाहुँदा निरन्तर पहिरो खस्ने र यातायात अवरुद्ध हुने गरेको छ । महभीरमा भने गत साउनदेखी पहिरो खस्न थालेको हो । पहिरो सानो भएकोले ढुङ्गा खस्न रोकिएपछि र स्काभेटर उपलब्ध भए केही घन्टामै यातायात खुल्न सक्ने पनि प्रहरीले भनेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल