Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

धौलागिरी आरोहण क्रममा ५ जना रसियन आरोही हराए

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • १४६ पटक पढिएको
धौलागिरी आरोहण क्रममा ५ जना रसियन आरोही हराए

यस वर्षको शरदऋतुमा म्याग्दीको धवलागिरी गाउँपालिका, ४ मा अवस्थित धौलागिरी प्रथम हिमाल आरोहण क्रममा रहेका ५ जना रसियन आरोहीहरु असोज २० गते रातीदेखी हराएका छन ।
जिल्ला प्रहरी कार्यालयले उपलब्ध भएको विवरण अनुसार धवलागिरी प्रथम हिमाल आरोहणक्रममा रसियन आरोही एलेक्सज्याण्डर डस्सिको (ब्भिपकबलमच म्गकजभथपय), ओलेक क्लोब्भ (इभिन प्चगनयिख), सिस्टीकोभ भाल्दमिर ( ऋजष्कतष्फयख ख्बिमष्ष्च), नोसेन्को मिखाइल (ल्यकभलपय ःष्पजबष्)ि र एसएचपिलेभोर्स ( क्जउष्झिखयश म्ष्तचष्) सम्पर्क विहिन बनेका हुन ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले दिएको जानकारी अनुसार धौलागिरी प्रथम (८ हजार १ सय ६८ मि.) हिमाल आरोहणक्रममा असोज २० गते राती ११ बजे ८ हजार मिटर उचाईमा पुग्दासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्क टुटेको खवर प्राप्त भएको छ ।
धौलागिरी हिमाल र सवैभन्दा नजिकको वस्ती मुदी बगरा कम्तीमा पैदल दुरीको ती दिन तल र प्रहरी चार दिन तल ताकममा अवस्थित छ ।
यो वर्ष धौलागिरी आरोहण गर्न १४ जना पुरुष आरोहीहरुले अनुमति लिएका छन ।
पर्यटन विभागले पछिल्लो पटक १६ सेप्टेम्बर (३१ भदौ ०८१)मा जारी गरेको अटोमन सिजनमा पर्वताारोहण अनुमतिबाट प्राप्त आरोहण रोयल्टी सम्बन्धी विवरण अनुसार धौलागिरी प्रथम हिमाल आरोहण गर्न १४ जनाले आरोहण अनुमति लिएका हुन ।
त्यसैविच म्याग्दी र रुकुमपूर्व जिल्लाको सीमावर्ती (भौगोलिक सीमा विवाद रहेको) पुथा हिमचुली (७२ ४६ मिटर) आरोहण गर्न २ वटा समुहका २ महिला समेत ९ जनाले आरोहण अनुमति लिएको विभागको विवरणमा उल्लेख छ ।
विभागको विवरण अनुसार धौलागिरी हिमाल आरोहण अनुमति लिएका पर्वतारोहीबाट १२ हजार ६ सय युएस डलर अर्थात नेपाली १६ लाख ८९ हजार ३० रुपैयाँ सलामी दस्तुर प्राप्त भएको छ ।
धौलागिरी आरोहणमा बसन्त याममा आउने आरोहीको संख्या पोहोरको बसन्तयामको भन्दा आधावढीले थोरै हो । गत अटोमन (वसन्त सिजन)मा ८ जना महिलासमेत ३० जनाले धौलागिरी आरोहण अनुमति लिएका थिए ।
पर्यटन विभागको पछिल्लो विवरण अनुसार चालु याम (सेप्टेम्बर, अक्टुवर र नोभेम्बर)कालागी नेपालका १० वटा हिमाल आरोहण गर्न ५४ देशका ८८ जना महिला र २ सय ७४ पुरुषले अनुमति पाएका छन । आरोहण अनुमति पाएका मध्य सवैभन्दा बढी मनास्लु हिमालमा २८ टिमबाट ८२ जना महिला र २ सय २६ पुरुषले आरोहण अनुमति पाएका छन । चालु सिजनमा मनास्लु पछि धेरै पर्वतारोहीको रोजाइमा परेको हिमाल धौलागिरी बनेको छ ।
चालु सिजनको सेप्टेम्बर १६ तारेखसम्मको विवरण अनुसार पर्वतारोहण सलामीबाट नेपालले ३ लाख ९ सय २५ युएस डलर अर्थात ४ करोड ५२ लाख ४५ हजार ८ सय ४८ रुपैयाँ शुल्क संकलन गरेको छ ।
सरद याममा सगरमाथा बाहेक ८ हजार अग्गा हिमाल आरोहण गर्न चाहने पर्वतारोहीले आरोहण सलामी वापत प्रति आरोही ९ सय डलर तिर्नु पर्छ । अन्य साथा हिमाल आरोहण गर्न भने न्यूनतम १ सय २५ देखी अधिकतम ४ सय युएस डलरसम्म सलामी तिर्नु पर्ने ब्यवस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल