FLASH NEWS
  • Loading...

महावीर पुनको आत्मकथा दुई हप्तामा पाँच हजार प्रति बिक्री

  • पुनहिल डट कम
  • १ साल अघि
  • ५७३ पटक पढिएको
महावीर पुनको आत्मकथा दुई हप्तामा पाँच हजार प्रति बिक्री

महावीर पुनको आत्मकथा समेटिएकाे पुस्तक ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ दुई हप्तामा पाँच हजार प्रति बिक्री भएकाे प्रकाशक राष्ट्रिय आविष्कार केन्द्रले जनाएकाे छ।

केन्द्रका अनुसार मुद्रणकाे जिम्मेवारी पाएकाे बुक्स हिमालयले पहिलाे चरणमा पाँच हजार प्रति पुस्तक छापेकाे थियाे। महावीर पुनले घटस्थापनाकाे दुई दिनपछि किताब बिक्रीकाे लागि बजारमा ल्याएका थिए। बिक्री सुरु गरिएकाे दुई हप्तामै सबै पुस्तक बिक्री भइसकेकाे छ। पुनका पुस्तक पुनलाइ मायाँ गर्ने स्वयंसेवीहरूले अाफैले किनेर गाउँगाउँका पाठकसम्म पुर्याइरहेका छन ।

‘दसैँकाे चटाराेका बिच पहिलाे चरणमा पाँच हजार प्रति किताब छापिएकाे थियाे,’ महावीर  पुनले भने, ‘ती सबै किताब हिजाे (आइतबार)सम्म सबै बिके। आज किन्न आउनेलाई उपलब्ध गराउन सकिएन।’ अहिले किताब छाप्ने काम जारी रहेकाेले केही दिनमा नै पुन: उपलब्ध गराउने पुनले बताए।

करिब ३० वर्षदेखि वीरगञ्जमा बन्द अवस्थामा रहेकाे कृषि औजार कारखाना सञ्चालनकाे लागि आर्थिक सहयाेग जुटाउन पुनले आफ्नाे जीवन कथा समेटिएकाे पुस्तक बेचिरहेका छन्।

जुन पुस्तककाे बिक्री अरु कुनै पुस्तक पसललाई नदिएर पुन आफैँ काठमाडाैँ, पाेखरा र चितवनका सडक किनारमा उभिएर बेचेका हुन्। त्यस्तै डिजिटल प्लेटफर्म ‘दराज’बाट पनि पुस्तककाे बिक्री भएकाे छ।

‘त्यस्तै ७/८ सय वटा किताब दराजले बेच्याे हाेला, बाँकी सबै पुस्तक मैले बाटाे-बाटाेमा हिँडेर र फाेन सम्पर्कबाट बेचेँ,’ पुनले भने।

नेपालसँगै बेलायत, हङकङ, जापान, अमेरिकालगायत देशबाट ठुलाे परिणाममा पुस्तककाे माग भइरहेकाे पुनले जानकारी थिए। उनले केही प्रति पुस्तक विदेशमा पनि पठाइसकेका छन् भने केही बाँकी छापिएपछि पठाउने तयारी छ।

दुई हप्तामै पाँच हजार प्रति पुस्तक बेचेका पुनले केही दिनमा नेपालकाे सुदूरपश्चिमका जिल्लाहरुमा आफैँ गएर बिक्री गर्ने याेजना सुनाए। पुनले दुई लाख प्रति पुस्तक बिक्नेमा आशावादी रहेकाे बताए।

‘अहिले त किताब नै कम छापिएकाेले मगाएकाहरुलाई पनि पुर्याउन सकिएकाे छैन। केही दिनमा अरु किताबहरु छापेर सकेपछि फेरि बिक्री सुरु हुन्छ,’ पुनले भने, ‘त्यसपछि दुई लाख प्रति किताब बेच्ने मेराे याेजना छ। त्यति किताब बेच्याे भने १० कराेड हुन्छ, त्यति पैसा भए अहिलेलाई वीरगञ्जकाे कारखाना चलाउन सकिन्छ।’

पुनले बिक्री भएका किताबकाे सबै रकम कारखाना सञ्चालनमा खर्च गर्ने घाेषणा गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल