Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

बेनी संरक्षणको काम सुरु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३४१ पटक पढिएको
बेनी संरक्षणको काम सुरु

बाढीपहिरोको उच्च जोखिमयुक्त सहर बेनीबजार नदी कटानबाट बचाउन संरक्षणको काम सुरु भएको छ ।
कालीगण्डकी नदी तर्फ वसपार्क हुँदै दोभान र म्याग्दीखोला तर्फ मंगलाघाटहुँदै दोभानसम्म करिव खण्ड खण्डगरी करिव २ सय ५० मिटर क्षेत्रमा पक्की आरसिसि तटवन्ध लगाउन रौताह कन्ट्रक्सनले काम सुरु गरेको हो ।
बेनीको संरक्षणको काम पोखरा स्थित रुपाताल संरक्षण एकिकृत परियोजनाले १४ करोड लागत इष्टिमेटमध्य रौताह/विएनवि कन्ट्रक्सन जेभि पोखराले ४२ प्रतिशत न्यून अङ्क छोडेर भ्याटसहित ९ करोड ४५ लाखमा ठेक्का दिएको हो । बेनीको वसपार्क क्षेत्रबाट तटवन्धको काम सुरु गरिएको परियोजनाले जनाएको छ ।
ठेकदार कम्पनीका आधिकारीक प्रतिनिधी (सव कन्ट्राक्टर) राजकुमार श्रेष्ठका अनुसार नदी सतहदेखी २ मिटर गहिरो फाउण्डेसन खनी ८ मिटर चौडा आरसिसि वालबाट माथी उठाउँदै जमिन सतहमा ५० सेमी चौडा वाल उठाउने डिजाईन रहेको छ । सव कन्ट्राक्टर श्रेष्ठ स्थानीय ब्यवसायी हुन ।
‘तटवन्धको वेशमा बाक्लो आरसिसि ढलान गरी माथी ५० सेमी वालले फिनिसिङ गरिन्छ’ रुपाताल संरक्षण एकिकृत परियोजनाका ओभरसियर अशोक तिमिल्सिनाले भने, ‘कुनै समस्या नआए असार भित्र तटवन्धको काम सक्नेगरी सुरु भएको छ ।’
साविक जलउत्पन्न प्रकोक कार्यालयले लगाईएको पक्की तटवन्ध कालीगण्डकी नदीमा आएको बाढीले गत मनसुनमा बगाएपछि स्थानीयले अस्थाई सुरक्षाकालागी ग्याभिन जालीमा भरेका थिए ।
फागुनलागेपछि जलसतह बढ्ने हुँदा पुस अन्तिमसम्म ठेक्का प्रकृयामा नै अल्झिदा बेनीबासी असारसम्म पनि तटवन्ध नबन्ला भन्ने त्रासमा छन । बेनी संरक्षणमा बर्षेनी स–सानो बजेटमा तटवन्धको काम हुने गरेपनि गुणस्तरीय नहुँदा बर्षेनी बाढीले बगाउने गर्छ । दुई बर्ष अघि असारमा लगाएको पक्की आरसिसि तटवन्ध साउनमा बगाएपछि अहिलेसम्म तटवन्धको काम भएको छैन ।
‘तीन खण्डमा ७५, १६८ र ४५ मिटरका तीन वटा प्याकेजमा काम हुँदैछ । हेभी फाउण्डेसन हुने भएपनि सकेसम्म छिटो काम गर्नेगरी काम गरछौं’ सव कन्ट्राक्टर राजु श्रेष्ठले भने, ‘म नदी कटानबाट प्रभावित क्षेत्रको वासिन्दा भएकोले पनि समयमै सक्नु मलाई दवाव छ ।’
ठेकदार छनौटमै ढिलाईले कालीगण्डकी र म्याग्दी खोलामा समयमै काम नहुने र आउँदो वर्खा बाढीको उच्च जोखिममा रहने आंकलन गरी स्थानीय प्रशासनले पनि चासो देखाउन थालेको छ ।
‘ठेकेदार कार्यस्थलमा परिचालन भएका छन । गुणस्तर र छरितो कामकालागी स्थानीयबढी सजग र निगरानी आवश्यक छ’ जिल्ला समन्वय समितिका संयोजक देवेन्द्रबहादुर केसीले भने, ‘विगत वर्षमा झै ढिला सुस्ती रहे, असार–भदौमा जोखिम झन बढ्छ ।’
सदरमुकामको कालीपुलदेखी खुल्ला मञ्च सम्मको करिव दुई किलो मिटर लामो कालीगण्डकी किनारामा नागरिक सक्रियतामा ०५५देखी नै सदरमुकाम संरक्षण अभियान शुरु भएको थियो । ग्याभिन जाली र ठूला ढुङ्गा राखेर कालीगण्डकी र म्याग्दी नदी किनारामा अस्थाई तटवन्ध लगाईएकोमा अघिल्लो बर्षदेखी पक्की आरसिसी वाल लगाउन थालिएको हो । आरसिसी फाउण्डेसन सहित तटवन्धपछि नदी नियन्त्रणसँगै सदरमुकामको ट्राफिक चाप पनि कम बनाउने लक्ष्य छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल