- Loading...
एमाले म्याग्दीको अधिवेशन तयारी पुरा, ९० सदस्यीय जिल्ला कमिटी बन्ने

- पुनहिल डट कम
- ३ साल अघि
- २७२ पटक पढिएको
नेकपा एमाले म्याग्दीले भोली पुस २३ गते शुक्रवारदेखी सुरु हुने नवौं जिल्ला अधिवेशन तयारी पुरा भएको जनाएको छ ।
सम्मेलन तयारी बारे एमालेले विहिवार पार्टी कार्यालय हाँडेभिरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हरीकृष्ण श्रेष्ठले नवौं सम्मेलनको तयारी, प्रतिनिधी छनौट र आगामी नेतृत्व एवं कमिटीको स्वरुप बारे जानकारी गराएका छन ।
अध्यक्ष श्रेष्ठले दिएको जानकारी अनुसार एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनमा भुगोलबाट ३ सय ५० जना, आयोजक ५८ जना, सल्लाहकार परिषदबाट १० जना, जनवर्गिय संगठनहरुबाट ३० जना, मनोनित २८ जना र महिला, मदजुर, पालिका कमिटी एवं र पेशागत संगठनहरुबाट ७७ जना समेत ५ सय १० जना प्रतिनिधी सहभागी हुने छन ।
शुक्रवार मध्यान्न १२ बजे सम्मेलनका प्रतिनिधी र सदरमुकाम वरपरका कार्यकर्ता सहभागी र्यालीले बजार परिक्रमागरी जिल्ला समन्वय समितिको सभाहलमा पुगेर अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष हरीकृष्ण श्रेष्ठले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार एमाले म्याग्दीको आगामी जिल्ला कमिटी ९० सदस्यीय हुने छ । जसमा कम्तीमा २८ जना महिला सुनिश्चित गरिएको छ । कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना सहसचिव रहेको पदाधिकारी र बाँकी सदस्य हुने छन । जिल्ला सदस्यमा भुगोल तर्फ १२ महिलासमेत ३१ जना, समावेशी तर्फ जनजाति ४ महिलासहित १३, दलित २ महिलासमेत ७ जना, एक महिलासहित २ मजदुर, मुस्लिम १ जना खुल्ला, अन्य १ जना खुल्ला, खुल्लाबाट कम्तीमा ९ महिलासमेत ३० जना सदस्य चयन हुने छन ।
एमालेले जिल्ला अधिवेशनमा पनि संभव सर्वसम्मत नेतृत्व चयन गर्ने बताएको छ । सर्वसम्मत गराउन बर्तमान नेतृत्व विच केही चरण गृहकार्य गरिएको भएपनि सर्वसम्मत भैनसकेको श्रोतले बताएको छ । श्राेतका अनुसार अध्यक्ष पदमा उपाध्यक्ष देवेन्द्र केसी वा सचिव वालकृष्ण सुवेदीकाे प्रवल दावेदारी रहेकाे छ । केसीले उपल्लाे पदमा लैजानेगरी अध्यक्षमा सुवेदी अाउने संभावना पनि उत्तिकै रहेकाे बताइन्छ । सुरत केसीले पनि अाफ्ना सहकर्मीविच अध्यक्षमा दावी रहेका बताउने गरेका छन । केसी अध्यक्ष रहे सुवेदी उपाध्यक्ष बनाइ सचिवमा सुरत केसीले दावी गर्ने बताइएकाे छ । त्यसैविच मगर समुदायका राजकुमार थापाले पनि विश्वास पात्र मानिएका याम खड्काले सामाजिक सञ्जाल मार्फत सचिवमा दावी गरेकाे विश्वास गर्ने धेरै छन ।
‘एमाले जिल्ला अधिवेशनको तयारी पुरा गरेका छौं । शुक्रवार र शनिवार अधिवेशन चल्ने छ । स्वभाविक अधिवेशनबाट नयाँ नेतृत्वमा आउन धेरै साथीहरुको चाहना देखाउनु भएको छ’ पत्रकार सम्मेलनमा अध्यक्ष हरीकृष्ण श्रेष्ठले भने, ‘पार्टी केन्द्रको सकेसम्म सर्वसम्मत नेतृतव चयन गर्न निर्देशन रहेकोले सो प्रयास हुने छ । अहिले पनि जिल्लाका नेतृत्वविच केही होमवर्क भएको छ । केही कमरेडहरुले माथिल्लो तहका कमरेडहरुसँग आफ्ना चाहना ब्यक्त गरेको बुझिएको भएपनि खुलेर जिल्लामा सर्वाजनिक गर्नु भएको छैन ।’

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




























