Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

जिब्रोको अवस्थाले थाहा हुन्छ तपाईमा भएको रोग

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८९ पटक पढिएको
जिब्रोको अवस्थाले थाहा हुन्छ तपाईमा भएको रोग

तपाई स्वास्थ्य समस्या लिएर अस्पताल पुग्नुभयो भने डाक्टरले पहिला मुख खोल्न लगाउँछन् र जिब्रो बाहिर निकान्नुस् भन्छन् । तपाईले जिब्रो निकालेपछि डाक्टरले तपाईको जिब्रोको अवस्था हेर्छन् । पेट, टाउको दुखेर होस् वा ज्वरो आउँदा तपाईको स्वास्थ्यजाँचको शुरुवात प्राय जिब्रो हेरेरै हुन्छ । अन्य समस्या लिएर अस्पताल जाँदा डाक्टरले किन जिब्रोको अवस्था हेर्छन् ?

यस्तो छ कारण

स्वास्थ्य व्यक्तिको जिब्रो गुलाबी रंगको सफा र पातलो हुन्छ । जिब्रोले शब्दको उच्चारण र खानेकुराको स्वाद छुट्याउन मात्र नभइ मानिसलाई लाग्ने रोगको संकेत गर्ने काम पनि गर्छ । मानिसमा लाग्ने विभिन्न किसिमका रोगको लक्षण जिब्रोमा पनि देखिन्छ । त्यसैले डाक्टरहरुले जिब्रोको अवस्था हेरेर मानिसमा लागेको रोगको सजिलै पत्ता लगाउन सक्छन् ।

मानिसमा लाग्ने रोग अनुसार जिब्रोमा पनि परिवर्तनत हरु आउँछन् । जिब्रोका अवस्था हेरेर ज्वरो, खोकी, जन्डिस, रक्तअल्पता, टाउको तथा पेट सम्बन्धी समस्या भएको थाहा पाउँन सकिन्छ ।

कस्तो जिब्रो कुन रोगको संकेत

– जिब्रो पहेँलो हुने, जिब्रोको किनारामा दाँतका निशानहरु देखिनु शरीरमा रगतको कमी भएको संकेत हो ।

– जिब्रोमा कालो दाग देखिन्छ भने त्यो ऊच्च रक्तचापको समस्या भएको संकेत हो ।

–हार्टअट्याक हुनसक्ने व्यक्तिको जिब्रोको अघिल्लो भाग सुकेको हुन्छ ।

–जिब्रो पहेँलो र चिल्लो जिब्रोले रगत सम्बन्धी समस्या हुन् ।

–जिब्रो निलो भएमा मुटुसम्बन्धी समस्या हुनसक्छ ।

–जिब्रोमा चिनीका मसिना कण जस्तो थोप्ला थोप्ला देखिन्छ भने पेटमा जुका परेको हुनसक्छ ।

–जिब्रो अत्याधिक रातो, सेतो वा कालो छ भने मुखमा किटाणुको संक्रणम भएको हुनसक्छ ।

–जिब्रोको सतहमा चिरा परेको छ वा लामा र गहिरा धर्साहरु देखिन्छ भने भिरंगी भएको हुनसक्छ ।

–जिब्रोमा घाउ भइरहने समस्या छ भने पेटसम्बन्धि जटिल रोगको लक्षण हुनसक्छ ।

–जिब्रोले राम्रोसँग स्वाद थाहा पाउँदैन भने भिटामिन बी १२ को कमी हुनसक्छ । *श्वास्थ्य टिप्स

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल