- Loading...
केपी ओली शिलन्यास गरेका गाउँपालिका स्तरिय आधारभुत अस्पताल निर्माण सुरु
- पुनहिल डट कम
- ३ साल अघि
- २०९ पटक पढिएको

अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीले एक साथ शिलन्यास गरेका हरेक गाउँपालिकामा १० शैयाको आधारभुत अस्पताल निर्माण प्रकृयामा गएका छन ।
जिल्लाको दुर्गम धवलागिरी, मंगला, मालिका र अन्नपूर्ण गाउँपालिकामा ठेक्का प्रकृया पुरा भै निर्माण सुरु भएका छन ।
रघुगंगा गाउँपालिकामा अस्पताल बनाउन गाउँकार्यपालिकाले तोकेको स्थानलाई गाउँसभाले परिवर्तन गरेपछि स्वीकृतिकालागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फाईल पठाईएकोमा अझै निर्णय आएको छैन ।
धवलागिरीको ताकम स्वास्थ्यचौकी, मंगलाले अर्मन स्वास्थ्यचौकी, मालिकाले दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर वृद्धी गरी १० बेडको आधारभुत अस्पताल बनाउन लागिएको हो । अन्नपूर्ण गाउपालिकाले बहुजनसंख्या र भौगोलिक रुपमा अपाएक पर्ने दोवा स्वास्थ्य चौकी स्तरवृद्धी गरी ५ बेड क्षमताको अस्पताल निर्माण थालेको छ ।
रघुगंगगा गाउँकार्यपालिकाले गाउँपालिका केन्द्र रहेको पिप्ले स्वास्थ्यचौकी स्तरबृद्धी गरी १० बेड अस्पताल बनाउने निर्णय गरेको र सोही अनुसार बजेट प्राप्त भएकोमा गाउँसभाले स्थान परिवर्तन गरी बेग स्वास्थ्य चौकीमा अस्पताल बनाउने निर्णय गरेको थियो । सो निर्णय मन्त्रालयले स्वीकृत गर्न ढिलाई गरेको हो ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
