FLASH NEWS
  • Loading...

सुरक्षा गार्डलाई उत्तेजक हर्कत गरी भुलाएर, जेलबाट आमालाई भगाइन्

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २८६ पटक पढिएको
सुरक्षा गार्डलाई उत्तेजक हर्कत गरी भुलाएर, जेलबाट आमालाई भगाइन्

एक इन्स्टाग्राम मोडलले कथित रुपमा जेलका सुरक्षा गार्डको अगाडि उत्तेजक हर्कत गरेर ती सुरक्षा गार्डलाई आफूतर्फ आकर्षित गरेर जेलमा थुनिएकी आफ्नी आमालाई त्यहाँबाट भगाएकी छिन् । ती मोडलले पहिले जेलका सुरक्षा गार्डको अगाडि उत्तेजक हर्कत गरेर गार्डलाई भुलाइन् र डोरी र बाइकको सहाराले आफ्नी आमालाई भगाइन् ।

कोलम्बियाली मूलकी मोडल भिक्टोरिया मेरलानो कथित रुपमा आफ्नी आमालाई जेलबाट बाहिर निकाल्ने खतरनाक योजनालाई पूरा गर्न सफल भइन् । यसको लागि उृनले आफ्नो सुन्दरताको सहारा लिइन् । द सनका अनुसार अदालतमा मुद्दाको सुनुवाइको क्रममा मोडलमाथि उनले पूर्व राजनेता एडा मेरलानो रेबोलेडोलाई बोगोटा जेलबाट भाग्न सहयोग गरेको आरोप लगाइएको छ ।

रिपोर्टअनुसार जेलको तेस्रो तलाको झ्यालबाट बाहिर निस्किएर डोरीको उपयोग गरेर ती मोडलकी आमा जमिनमा ओर्लिइन् त्यसपछि त्यहाँबाट फरार भइन् । मोडलकी आमा मेरलानो रेबोलेडो सिनेटर थिइन् । २०१९ मा उनलाई चुनाब जित्नको लागि अवैध हतियार, मतदाताको घोटाला र भ्रष्टाचारको मामिलामा दोषी ठहर गरेर जेलमा हालिएको थियो ।

रेबोलेडोलाई चुनाब जितेको ६ महिनभित्र १५ वर्षको जेल सजाय सुनाइएको थियो । तर, २ हप्तापछि नै उनी जेलबाट बाहिर आएकी थिइन् । यी महिला सिनेटरकी २१ वर्षकी छोरीमाथि आमालाई भगाउने योजना बनाएको र सोही योजनाअनुसार भगाएको आरोप लागेको छ । महिला सिनेटरको दाँतको उपचारको लागि दन्त चिकित्सक आएको र त्यसका लागि उनी चिकित्सक भएको ठाउँमा गएको मौकामा उनकी छोरीले उत्तेजक हर्कत गरेर सुरक्षा गार्डलाई अल्मल्याएर आमालाई भगाएकी थिइन् । *डिसीनेपालबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल