- Loading...
असोज र कात्तिकमा छुट्टी नै छुट्टी
- पुनहिल डट कम
- ३ साल अघि
- २१२ पटक पढिएको

देशभर ठूला चाडपर्वको चहलपहल सुरु भइसकेको छ। बजारमा चाडपर्वका लागि आवश्यक सामग्री मानिसहरुको भीड लाग्न थालेको छ।
एकातिर ठूला चाडपर्व दसैँ र तिहार नजिकिँदो छ भने अर्कोतिर कोभिड संक्रमणको त्रास पनि उत्तिकै छ। स्थानीय प्रशासनले भीडभाड कम गरी आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको छ। प्रशासनले चाडपर्व सांकेतिक रुपमा मनाउन पनि सुझाव दिएको छ।
दसैँ र तिहार क्रमशः असोज र कात्तिकमा परेको छ। जसका कारण यी दुवै महिनामा अन्य महिनाको तुलनामा सार्वजनिक बिदा धेरै परेको छ।
असोजमा ५ शनिबारसहित कुल ११ दिन बिदा परेको छ। असोज ३ गते संविधान दिवसको बिदा भइसकेको छ। असोज २१ गतेबाट बडादसैँ सुरु हुँदैछ। यो दिन सार्वजनिक बिदा दिइएको छ। दसैँ बिदा भने असोज २६ गतेदेखि असोज ३० गतेसम्म दिइएको छ। असोज २६ गते फुलपाती, २७ गते महाअष्टमी, २८ गते नवमी र २९ गते विजयादशमी परेको छ। असोज ३० गते शनिबार एकादशी परेको छ।
कात्तिक महिनामा तिहार परेको छ। यो महिना ४ शनिबारसहित कुल ८ दिन बिदा दिइएको छ। तिहारको बिदा कात्तिक १८ गतेबाट सुरु भएर कात्तिक २१ गते सकिनेछ। कात्तिक १८ गते लक्ष्मीपूजा परेको छ। कात्तिक १९ गते म्हपूजा/गोबर्द्धन पूजा र कात्तिक २० गते शनिबार भाइटीका परेको छ। भाइटीको भोलिपल्ट अर्थात कात्तिक २१ गते पनि सार्वजनिक बिदा दिइएको छ।
कात्तिकमै छठ पर्वको पनि बिदा परेको छ। छठ कात्तिक २४ गते परेको छ।
धेरै चाडपर्व परेकाेले असाेज र कात्तिकमा सरकारी कार्यालमा हुने धेरै काम प्रभावित हुने छ । याे विचमा कर्मचारी घुमफिरमा निक्लने भएकाेले पनि सरकारी काम दशैं अघि सक्नु सेवाग्राहीकाे चटाराे हुने छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
