Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

कांग्रेसको परराष्ट्र मार्फत एनआरएनएमा हस्तक्षेप : अध्यक्ष पन्त

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २३७ पटक पढिएको
कांग्रेसको परराष्ट्र मार्फत एनआरएनएमा हस्तक्षेप : अध्यक्ष पन्त

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले नेपाली कांग्रेसको ठाडो निर्देशनमा परराष्ट्रमार्फत निर्वाचन प्रकृया अघि नबढाउन भन्दै हस्तक्षेप हुनु दुर्भाग्य भएको बताएका छन्।

डीसी नेपालसँग कुरा गर्दै उनले एनआरएनएको आफ्नै विधान व्याख्या समिति र संरक्षक परिषद् हुँदाहुँदै सत्ताधारी दलका हेब्बी वेट का नेता र उनका परिवारबाट परराष्ट्रमा दवाव आएकोले सो पत्र काट्नुपरेको जानकारी आफुले पाएको बताए।

निर्वाचनमा सहभागी हुने प्रतिनिधिको प्रारम्भिक नामावली मात्र न सार्वजनिक भएको परिस्थितिमा दावी विरोधको समय हुँदाहुँदै दावी–विरोधमाथि छानविन नभई परराष्ट्रले हतासमा निर्वाचन प्रक्रिया रोक्नु भनेर पत्र काट्नु अशोभनीय राजनीतिक हस्तक्षेप भएको उनको जिकिर छ। “यो सरासर राजनीतिक हस्तक्षेप नै हो, दावी विरोेधबारे छानविन नै शुरु नभई एक्कासी लगाइएको आरोपको पछि नलाग्न म अनुरोध गर्दछु। समस्या भएपनि समाधान गर्ने निकाय परराष्ट्र होइन।”

एनआरएनएको वर्तमान कार्यसमितिले संस्थागत सुधारको लागि विशेष अधिवेशन गरेर नयाँ विधान संसोधन गरेको बताउँदै त्यही विधानको आधारमा चुनाव हुन लागेको समेत जानकारी दिए।

मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीसँग पत्र आउनु अघि केही समय कुरा हुँदा उनले यो विषयमा केहि नबताउनु भएकाले पनि यसमा स्वार्थ समुहको योजना अनुसार राजनीतिक हस्तक्षेप भएको बुझ्न सकिने पन्तको दावी छ।

एनआरएनको निर्वाचन तोकिएको समय अक्टोवर तेस्रो सातामा नै हुने बटमलाइनका साथ कुरा गर्न काठमाडौं उड्न लागेको जानकारी दिदैँ पन्तले १० औं अन्तर्राष्ट्रिय महाधिवेशन कुनै पनि हालतमा नरोकिने बताए। एनआरएनएको नियामक निकाय परराष्ट्र मन्त्रालय भएता पनि आन्तरिक विषयमा अनावश्यक चासो राखेर सत्ताको दुरुपयोग गर्दै स्वार्थ समूहको चंगुलमा संस्था बुझाउने षडयन्त्र विरुद्ध एकजुट हुन अध्यक्ष पन्तले आग्रह गरे।

एनआरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन पक्षले धाँधली गरेको उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न पत्रमार्फत निर्देशन दिएको थियो। भदौ २५ गतेको पत्रमा यस सम्बन्धमा छानबिन गर्न नेपाल सरकारले समिति गठन गरेको जानकारी समेत छ। *डिसीनेपालबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल