Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

गृहणीहरुको एसइई सपना पुरा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २३१ पटक पढिएको
गृहणीहरुको एसइई सपना पुरा

सदरमुकाम बेनीको उज्यालो वैकल्पिक विद्यालयमा अध्ययनरत गृहणीले एसईई पास गर्ने सपना पुरा गरेका छन ।
संभवत नेपालमै पहिलो पटक अनौपचारिक वैकल्पिक विद्यालयमा अध्ययनगरी एसईई परिक्षामा सामोल भएका ७ जना आमाहरुले एसईई परिक्षा उत्तिण गरेका हुन ।
भुलकुमारी रोका (४८), २.६० जिपिए, तिर्सना भण्डारी (३६) २.६० जिपिए, लालकुमारी सापकोटा (५५) २.५५ जिपिए, सविना नेपाली (३७) २.५० जिपिए, ललिता तिलिजा (२४)२.४५ जिपिए, भुलमाया तिलिजा (६०) २.४५ जिपिए, सलिना विक (२५) २.४० जिपिए, पुष्पा शाही (२८) २.४० जिपिए र रेणु विक (३०) २.४० जिपिएसहित एसईई परिक्षा उत्तिर्ण भएको विद्यालयले जनाएको छ ।
‘उमेरमा भेडा/गाईगोठ बस्नु परेकोले पढ्न पाईएन । आफ्नै हातले नाम लेख्ने धोको लिएर वैकल्पिक विद्यालय भर्ना भएको हो । एसईई पास भएको आफैलाई सपना जस्तै लागेको छ’ भुलमायाँ तिलिजाले भनिन, ‘विहान बेलुका चुहेचौका सम्हालेर फुर्सदको समयमा पढ्ने । चार महिना त गणित, अंग्रेजी र विज्ञानको त कोचिङ पनि पढ्ेको थियौं । औधी खुशी छु ।’

विद्यालय उमेरमा औपचारिक शिक्षा नपाएका वा विचमै कक्षा छोड्न बाध्य गृहणीलाई शिक्षाको मुलधारमा ल्याउन सामुदायीक सकृयतामा खुलेको उज्यालो वैकल्पिक विद्यालयबाट पहिलो ब्याचका गृहणीहरु एसईइ परिक्षा उत्तिर्ण भएका हुन ।

वैकल्पिक विद्यालयमा अनुभव र ज्ञानका आधारमा छोटो समयमा पढ्न सक्ने गरी तयार पारिएको फरक शैलीको पाठ्यक्रम अध्ययन/अध्यापन गराउने गरेको छ । तर कक्षा ८, ९ र १० कालागी अनौपचारिक तर्फको पाढ्यक्रम नपाएपछि औपचारिक विद्यालयकै पाठ्यक्रम पढेका थिए ।

‘हिम्मत ठूलो रहेछ । ंस्कुल पढ्ने कत्रो धोकोले बुढौली उमेरमा घर विहान वेलेका छोराछोरी तथा नातीनातिनालाई खानाखाजा र स्याहार गरी दिउँसो स्कुल पढेर पनि पास भयौं’ ५५ बर्षिया लालकुमारी सापकोटाले भनिन्, ‘बर्षभरी पढ्न पाएको भए परिक्षा दिन पाईएन । लेखेरै पास गर्ने धोको थियो, जे होस एसईई पास भए, धोको पुरा भयो ।’

साविक शिक्षा कार्यालयको विद्यालय क्षेत्र विकास कार्यक्रम अन्र्तगत बयस्क नागरिकलाई शिक्षाको मुलधारमा ल्याउन शैक्षिक सत्र ०७३ देखी बेनीमा उज्यालो वैकल्पिक विद्यालय खुलेको हो । वैकल्पिक विद्यालयलाई अनौपचारिक पौढ विद्यालय पनि भन्ने गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल