FLASH NEWS
  • Loading...

पत्रकार महासंघ कास्की शाखामा तालाबन्दी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २१४ पटक पढिएको
पत्रकार महासंघ कास्की शाखामा तालाबन्दी

पत्रकार रञ्जन अधिकारीलाई समाचार लेखेको भनेर धम्की दिएकाे र पाेखरा न्यूज डट कममा सम्पादक गणेश बरालले लेखेको समाचारलाई गैह्रपत्रकार लगाएर खण्डन गराउने हर्कत भएका बारे नेपाल पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारी कास्कीले महासंघको भवनमा तालाबन्दी गरेको छ ।

गण्डकन्यूजमा लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई पोखरा ११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले अधिकारीलाई तीन दिनसम्म फोन मार्फत् तनाव दिने, फेसबुक म्यासेन्जर र एसएमएसमार्फत् धम्की दिने, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पावर चलाउँछु भन्दै धाकधम्की लगाउने कार्य भएकोमा प्रेस चौतारी कास्की शाखाको गम्भीर ध्यानाकर्षण भएको र यसमा पत्रकारहरुको संगठनले केही नबोलेको भन्दै तालाबन्दी गरिएको प्रेस चौतारीले जनाएको छ ।

सोहि पक्षबाट पाेखरा न्यूज डट कममा सम्पादक गणेश बरालले लेखेको समाचारलाई समेत गैह्रपत्रकार लगाएर खण्डन गराउने हर्कत भएकोमा पनि प्रेस चौतारी कास्कीले आपत्ति जनाएको छ ।

धम्की दिने व्यक्ति श्रीकृष्ण श्रेष्ठ र प्रयोग भएका गैह्रपत्रकार सफल सुवेदीलाई कारबाहीको दायरामा नल्याउदासम्म तालाबन्दी नखोलिने प्रेस चौतारीले जनाएको छ । जबसम्म पत्रकारको न्याय, हकहितका लागि महासंघले काम गरेको अनुभूति हुँदैन तबसम्म ताला नखोलिने प्रेस चौतारी कास्कीका संयोजक अर्जुन गिरीले बताए ।

पत्रकार महासंघ पत्रकारहरुको संस्था भएकाले पत्रकारकै लागि काम गर्नुपर्ने फोनिज गण्डकीका अध्यक्ष एमबी आस्थाकाे भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल