FLASH NEWS
  • Loading...

बेनी अस्पतालमा थुप्रिए अक्सिजन कन्सन्टेटर

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८६ पटक पढिएको
बेनी अस्पतालमा थुप्रिए अक्सिजन कन्सन्टेटर

कोरोना संक्रमितको उपचार उपयोग गर्न दाताले पठाएका यी अक्सिजन कन्सेन्टेटर संक्रमितलाई भने खासै प्रयोग गरिएन ।
कोरोना संक्रमणको दर घटेको र अस्पताल भर्ना भएका संक्रमितलाई हाईफ्लो अक्सिजन दिनु परेकोले सानो क्षमताका कन्सेन्टेटर उपयोग हुन नसकेका हुन । तत्काल उपयोग नभएपछि सहयोग प्राप्त अक्सिजन कन्टन्टेटरहरु अस्पतालको स्टोरमा थन्क्याईएको छ ।
‘कोभिडका विरामीलाई हाईफ्लो अक्सिजन दिनु परेकोले ठूला सिलिण्डर र पाईपलाईनबाटै अक्सिजन दियौं । अहिले संक्रमण घटेकोले कन्सन्टेटर स्टोरमा राखेका हौं’ बेनी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट जितेन्द्र कँडेलले भने, ‘अलपत्र परेका हैनन, लोप््mलोमा अक्सिजन दिनु पर्ने विरामीलाई प्रयोग भएका छन । कोरोना संक्रमण नियन्त्रणमा आएछ भनेपनि अन्यको उपचारमा उपयोग हुन्छ ।’
५ र १० लिटर क्षमताका यी अक्सिजन कन्सेन्टेटर लोफ्लोमा अक्सिजन चढाउनु पर्ने जनरल विरामीलाई भने उपयोगी भएको छ । कोरोना संक्रमितको उपचारमा सहयोग पुऱ्याउन देश तथा विदेश रहेका दाताले २७ थान अक्सिजन कन्सेन्टेटर र ६९ थान पल्स अक्सिमिटर प्राप्त भएको बेनी अस्पतालले जनाएको छ । अस्पतालका आफ्नै ५ थान छुट्टै अक्सिजन कन्सन्टेटर प्रयोगमा छन ।
अस्पतालका स्टोर किपर झरना बानियाँले उपलब्ध गराएको सहयोग/आम्दानी विवरण अनुसार कोरोनाको दोस्रो लहर फैलिएपछि विभिन्न १८ जना ब्यक्ति/संस्थाले २७ थान कन्सेन्टेटर, ६९ थान अक्सिमिटर, अक्सिजन फ्लो मिटर ४३ वटा, पिपिई २ सय २ थान, एक सय लिटरबढी हेण्डस्यानिटाईजर र सयौं सर्जिकल तथा डिस्पोजेवन मास्क सहयोग आएको थियो ।
बेनी अस्पतालको स्टोर शाखाले उपलब्ध गराएको विवरण अनुसार बेनी नगरपालिका जनप्रतिनिधी तथा कर्मचारीबाट ६ थान, नेपाल मेडिकल एशोसियसनबाट ४ थान, जो.ए फाउण्डेसनबाट २ थान, गोर्खा वेयरफियर ट्रष्टबाट ४ थान, प्रहरी कार्यालयबाट ३ थान, निक साईमण्ड संस्थाबाट ३ सेट, बेनी समाजबाट २ थान, सेन्ट जेभियर स्कुलबाट १ थान, मोना युकेबाट १ थान र मुक्तिनाथ हार्डवयरबाट १ थान अक्सिजन कन्सन्टेटर सहयोग प्राप्त भएको हो ।
त्यस्तै विवरण अनुसार कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि बेनी अस्पताललाई पदम भण्डारी (राखु), म्याग्दी बहुमुखी क्याम्पस, सुमन गोतामे, मिलन म्याग्दी, जिएनआई नेपाल, वन हर्ट, मुक्तिनाथ हार्डवयस समेतका ब्यक्ति तथा सहयोगी संस्थाबाट अक्सजन फ्लोमिटर, पल्स अक्सिमिटर, पिपिई, सेनीटाईजर, सर्जिकल मास्क समेत कोरोना सुरक्षा उपकरण सहयोग गरेका थिए ।

‘समाचारहरुमा धेरै सघ/संस्थाबाट बेनी अस्पताललाई अक्सिजन कन्सन्टेटर र सिलिण्डर पठाउन लागेको कुरा पढेको भएपनि आउन भने प्रचारमा नआएका ब्यक्ति/संस्थाबाट सहयोग आएको छ’ बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष वेलबहादुर कटुवालले भने, ‘स्वास्थ्य उपचारमा उपकरण र प्रविधीमैत्री बन्यो, उत्तिकै स्वास्थ्य उपचार प्रभावकारी बन्ने छ । उपलब्ध उपकरणको सही उपयोग हुने छन ।’

बेनी अस्पतालमा अहिले ४ वटा साना, ४ मझौला र ७४ वटा ठूला अक्सिजन सिलिण्डर छन । अस्पतालको छुट्टै अक्सिजन प्लान्ट पनि छ । प्लान्टबाट प्रतिघन्टा ५ केजी अक्सिजन दिंदा ५ वटै जनालाई, १५ केजी दिंदा तीन जनालाई र २५ केजी हाई स्पीड फ्लो अक्सिजन दिंदा २ जना विरामीलाई अक्सिजन दिन मिल्छ । प्लान्टबाट छुट्टै दैनिक १० वटा सिलिण्डर रिफिल गर्न सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल