- Loading...
धनी हुनु भर्सेस धनी रहनु
- पुनहिल डट कम
- ४ साल अघि
- ३७४ पटक पढिएको

धनी हुने धेरै उपायहरु छन्। तर, धनी रहिरहने एउटै मात्र उपाय छ, धैर्य र मितव्ययिताको संयोजन । सम्पत्ती कमाउनु र सम्पत्ती कायम राख्नु नितान्त फरक विषय हुन्। र यी दुबैको लागि नितान्त फरक दृष्टिकोण र रणनीति आवश्यक पर्दछ।
पैसा कमाउनका लागि जोखिम लिन, आशावादी हुन र आफुलाई त्यसमा डुबाउन सक्नुपर्छ।
त्यसको ठिक विपरित, पैसा कायम राख्न, विनम्रता र आफुले बनाएका चीजहरु आफुबाट चाँडै नटाढियोस् भन्ने डर हुनु आवश्यक छ।
माइकल मोरित्ज (भेन्चर क्यापिटलिस्ट) भन्छन्, ‘हामी मान्छौँ कि भोलिको दिन हिजोको जस्तो हुँदैन। हामी हाम्रो सफलतामा आराम गर्न सक्दैनौँ। हामी आत्म सन्तुष्ट हुन सक्दैनौँ। हामी हाम्रो हिजोको सफलता भोलिको राम्रो भाग्यमा परिणत हुन्छ भन्ने मान्न सक्दैनौँ।’
किनारामा हुनु र जीवित हुनु दुई भिन्न चीजहरु हुन्ः पहिलो हुनुका लागि दोस्रो हुनु आवश्यक छ। तपाईले विनाशलाई रोक्न सक्नुपर्छ। कुनै पनि हालतमा।
‘बाँच्न मनस्थिति’ का लागि तीन कुराहरुको आवश्यकता पर्दछः
आर्थिक रुपमा अटुट हुने उद्देश्य लिनुहोस्ः बजारको उतारचढावमा तिक्न सक्षम बन्नुहोस् र त्यही खेल तबसम्म खेलिरहनुस्, जबसम्म कम्पाउन्डिङ्गको जादुले काम गर्दैन।
योजना बनाउनुपर्ने महत्वपूर्ण कुराः योजनाहरु योजना अनुसार जाँदैन। राम्रो योजनाले गल्तीका लागि ठाउँहरु छोड्छ। कुनै योजना सही हुनको लागि तपाईलाई जति विशिष्ट तत्वहरुको आवश्यकता हुन्छ, त्यति तपाईको वित्तीय योजना नाजुक हुँदै जान्छ।
भविष्य प्रति आशावादी हुनुस् तर तपाईको सफलताको बाधाहरुको बारेमा सशंकित हुनुहोस्।
जब तपाई कसैले राम्रो कार चलाइरहेको देख्नुहुन्छ, तपाई विरलै सोच्नुहुन्छ कि, ‘आहा, त्यो कार चलाइरहेको मान्छेको कति सान छ’। त्यसको सट्टा तपाई सोच्नुहुन्छ कि, ‘आहा मसँग त्यो कार भएको भए, मानिसहरुको अगाडि मेरो कति सान हुन्थ्यो।’ अवचेतना हो वा होइन, मानिस त्यस्तै सोच्दछ।
अर्को शब्दमा, जब हामी धनी भयौँ भन्ने भान हुन्छ, मानिसहरुले हाम्रो रुचि र प्रशंसा गर्नुपर्छ भन्ने सोच्छौँ। तर हुन्छ के भने मानिसहरु डाहाका कारण त्यो चिज कोसँग छ भन्ने कुरा बिर्सन्छन् र मात्र भएको कुरामा केन्द्रित हुन्छन्।
सम्पत्ती त्यो हो जुन तपाई देख्न सक्नुहुन्न । एक लाख डलरको कार चढ्ने धनी हुन सक्छ। तर, मुख्य कुरा तपाई ऊसँग भएको एक लाख डलरको कार देख्नुहुन्छ न कि उसले त्यो कार खरिद गर्नुअघि गरेको दुःख।
सम्पत्ती त्यस्तो वित्तीय धन हो जुन तपाईले देख्नु स्वरुपमा परिवर्तन भएको हुदैन। जब मानिसहरु आफु लखपति बन्न चाहन्छु भन्छन्, त्यसको वास्तविक अर्थ उनीहरु लाखौँ खर्च गर्न चाहेको हुन्छ। लाखौँ डलर खर्च गर्नु वास्तवमै लखपति बन्नुभन्दा ठिक विपरित कुरा हो।
धनी र समृद्ध बीचको फरकः
जो मानिसहरु ठूला घरमा बस्छन् र फेन्सी कारहरु चढ्छन्, उनीहरु धनी हुन्। आम्दानी धेरै भएका मानिसहरु धनी हुन्। उनीहरु आफु धनी भएको देखाउँछन्।
सम्पत्ती लुकेको हुन्छ। सम्पत्ती आम्दानी हो जुन बचाइएको हुन्छ, खर्च गरेको होइन। धन वैकल्पिकता, लचकता र वृद्धि हो। सम्पत्ती भनेको आफुलाई चाहेको वस्तु खरिद गर्न सक्ने क्षमता हो।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
