FLASH NEWS
  • Loading...

बेनीमा थपिए ६ जना कोरोना संक्रमित

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९७ पटक पढिएको
बेनीमा थपिए ६ जना कोरोना संक्रमित

बेनी नगरपालिकामा शुक्रवार थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमितसँगको कन्ट्याक ट्रेसिङ र शंकास्पद विरामीबाट संकलन गरिएको स्वाबको पिसिआर परिक्षणको गर्दा गुल्मी र बाग्लुङ घर भै बेनी बस्ने एक–एक जना पुरुष, बेनी नगरपालिका, वडा नं ३, ७ र ८ का एक–एक जना पुरुष र वडा नं ५ की एक महिलासमेत ६ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म म्याग्दीमा ४५ जना महिला समेत १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तिमध्य २७ जना सक्रिय संक्रमित आ–आफ्नो कार्यालय/घरमै ‘आईसोलेसन’मा बसेका छन ।