FLASH NEWS
  • Loading...

बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ जडान, अव जिल्लालाई आवश्यक अक्सिजन बेनीमै उत्पादन हुने

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २९६ पटक पढिएको
बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ जडान, अव जिल्लालाई आवश्यक अक्सिजन बेनीमै उत्पादन हुने

|????????????????????????????????????

बेनी अस्पतालले अक्सिजन प्लान्ट संञ्चालनमा ल्याएको छ ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्थानीय पुर्वाधार विकास कार्यक्रम र अस्पतालको आन्तरिक स्रोतबाट रु ६२ लाख ४० हजार लागतमा जिल्लामै पहिलोपटक अक्सिजन उत्पादन केन्द्र ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालका अनुसार गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट विनियोजन बजेटमध्ये टेण्डर मार्फत रु ४२ लाखमा मेसिन तथा उपकरण खरिद गरिएको थियो ।

त्यसैगरि भवन समेत पूर्वाधार निर्माणमा मन्त्रालयबाटै ५ लाख, अक्सिजन भर्ने बुष्टर मेसिन उपकरण खरिद गर्न स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्र्तगत प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको सिफारिसमा रघुगंगा गाउँपालिकामा विनियोजन भइ खर्च हुन नसकेको करिब १४ लाख बजेटलाई परिचालन गरिएको र अपुग रकम अस्पतालले थप गरी १५ लाख ४० हजार खर्च भएको अध्यक्ष कटुवालले बताए । पाइप लाइन विस्तारको लागि सामाजिक विकास मन्त्रालयबाट यस बर्ष रु १० लाख बजेट विनियोजन भएको छ ।

अहिलेसम्म पोखराबाट अक्सिजन सिलिण्डर ल्याउने गरिएको थियो । अस्पतालमा जडान गरिएको ‘अक्सिजन प्लान्टमा अस्पताललाई दैनिक १० देखि १२ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सकिने जनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल