FLASH NEWS
  • Loading...

आस्थाका वन्दीको उपचार क्रममा मृत्यु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३१७ पटक पढिएको
आस्थाका वन्दीको उपचार क्रममा मृत्यु

अभद्र ब्यवहार सम्बन्धी मुद्धामा पर्वत कारागारमा बन्दी रहेका विप्लव समुह म्याग्दीका नेता जगेन्द्र (जगत) पुनको उपचारक्रममा मृत्यु भएको छ ।
मालिका गाउँपालिका, ३ अदिभरा (रुम)का ५८ बर्षिय पुन ०७६ फागुन ९ गते अभद्र ब्यवहार र गौहत्या सम्बन्धी अपराध मुद्धामा घरबाटै पक्राउ परेका थिए । गत मंसिर २४ गते दिउँसो कारागार कार्यालय पर्वतको जेलमा अकस्मात वेहोस भै ढलेपछि अस्पतालमा पुर्‍याईएका उनलाई अस्पतालले पोखरा रिफर गरेको थियो । पुनको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको सघर उपचार कक्षमा भेन्टीलेटरमा राखी उपचार भैरहेकोमा सोमवार साँझ पुनको मृत्यु भएको परिवारले जनाएको छ ।
‘कारागार प्रशासनले आस्थाका वन्दीमाथी गलत मनसाय राखी समयमै औषधोउपचार गर्न नदिएको कारण समयमै उपचार नपाएर बाबाको मृत्यु भएको हो’ छोरा हिमाल पुनले भने, ‘स्वतन्त्र छानविन नभई शव उठाउन र बुझ्न सक्ने अवस्था छैन । हामी मानवअधिकारवादी संघसंस्था र निकायसँग न्यायोचित अनसन्धान गरिदिनु आग्रह गर्दछौं ।’
विप्लव समुहका जिल्ला जनसरकार प्रमुख समेत रहेका पुन विरुद्ध दर्ता भएको गौहत्या मुद्धामा जिल्ला अदालतको आदेश अनुसार ५४ हजार धरौटी बुझाई छुटे लगत्तै गेटवाटै दोस्रो पटक पक्राउ प्रहरीले गरि अभद्र ब्यवहार मुद्धा चलाईएको थियो । अभद्र ब्यवहार सम्बन्धी मुद्धामा अदालतले मागेको १ लाख १८ धरौटी घरजग्गा रोक्का राखी धरौटीमा छुटे लगत्तै पुनलाई प्रहरीले तेस्रो पटक पक्राउ गरी दुब्र्यवहार सम्बन्धी मुद्धा पर्वत स्थानन्त्रण गरेको थियो । पर्वत जिल्ला अदालतले मागेको ५० हजार धरौटी बुझाउन नसकेपछि पुनलाई कात्तिक तेस्रो साता पर्वत कारागारमा बन्दी बनाईएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल