Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

रअ प्रमुखसँगको भेटघाट : ओली गुट र प्रचण्ड गुट आमने सामने

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १९७ पटक पढिएको
रअ प्रमुखसँगको भेटघाट : ओली गुट र प्रचण्ड गुट आमने सामने

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जासुसी संस्था रअ प्रमुखबीच भएको भेटवार्तापछि सत्तारुढ दल नेकपाभित्र ओली र प्रचण्ड गुट आमने सामने भएका छन्।

प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादा विपरित रअ प्रमुखसँग भेटघाट गरेको भन्दै सर्बत्र आलोचना भएपछि प्रधानमन्त्री ओली निकट मानिने र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री ओली र रअ प्रमुखबीचको भेटवार्ताको बचाउ गरेका थिए।

पोखरेलले प्रधानमन्त्रीको आलोचना भएकोप्रति समेत असन्तुष्टि जनाएका थिए। पोखरेलले रअ प्रमुख गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश वाहकका रूपमा नेपाल भ्रमण गरेको दाबी गरेका थिए।

पोखरेलले प्रधानमन्त्रीको बचाउमा अभिव्यक्ति दिएको भोलिपल्ट आइतबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिने प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जासुसी संस्था रअका प्रमुख सामन्तकुमार गोयलबीचको भेटवार्ताप्रति आपत्ति जनाएका छन्।

उनले आइतबार सामाजिक संजाल फेसबुकमार्फत यस्ता घटनाले नेपालको राजनीतिक एवं कुटनीतिक इतिहासमा पहिलो पटक घटना भएको जिकिर गर्दै यसले आशंका जन्माएको जिकिर गरेका छन्।

उनले गुप्तचर प्रमुखको भ्रमण र छलफल बारे परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नहुनु, भेटका क्रममा परराष्ट्रका अधिकारीको सहभागीता नहुनु, पार्टी भित्र कुनै छलफल र जानकारी नगराइनु आफैंमा आपत्तिजनक भएको टिप्पणी गरेका छन्।

देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसुचि बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको विषय अस्वभाविक भएको उनको भनाइ छ।

आफू केही दिन गोरखा र चितवनको भ्रमण गरी काठमाडौं फर्किएको र यसबिचमा भारतको गुप्तचर सँस्था ’रअ ’प्रमुख सामन्त गोयल बिमान नै चार्टर गरी टोली सहित नेपाल आएर हाम्रा प्रधानमन्त्रीसँग “वार्ता “गरेर फिर्ता भएको समाचारले आश्चर्यजनक बनाएको उनले उल्लेख गरेका छन्।

पोखरेलले लेखेका छन्– ‘भारतीय प्रधानमन्त्रीको सन्देशबाहकका रूपमा ‘रअ’का प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे । यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो । विरोधको योजना हो या नियति ? बुझ्न गाह्रो भो । आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गरौँ । नेपाल र भारतबीचको सीमा समस्याको परिणाम सुखद होस् कामना गरौँ।’

प्रवक्ता श्रेष्ठले भने पार्टीलाई जानकारी नभएको विषय भएकाले यसमा आफ्नो व्यक्तिगत धारणा राख्न चाहेको भन्दै उनले यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने आशंका व्यक्त गरेका छन्।

उनले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् “नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो। त्यो होइन भन्ने स्पष्ट भइसकेको छ। source-dcmepal.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल