- Loading...
मंगला गाउँपालिकाका दुई जनामा कोरोना पुष्टी, कार्यालय वन्द
- पुनहिल डट कम
- ४ साल अघि
- १६९ पटक पढिएको

म्याग्दी मा शनिबार थप २ जनामा काेराेना पुष्टि भएकाे छ । थपिएका दुवैजना कन्ट्याक्ट् टेसिङमा परेका थिए ।
मंगला गाउँपालिका १ का २४ वर्षिय पुरूष र ४ कि २६ वर्षिय महिलामा काेराेना पुष्टि भएकाे स्वास्थ्य निर्देशनालय पाेखराले विज्ञप्तिमा जनाएकाे छ । थपिएका दुवैजना कन्ट्याक्ट् टेसिङबाट पहिचान भएकाे विज्ञप्तिमा उल्लेख छ ।
कोरोना पुष्टी भएपछि मंगला गाउँपालिकामा कार्यरत कृषी शाखाका ति कर्मचारीले आफु असोज १० गतेदेखी २० गतेसम्म बेनी कालीपुल स्थित होल्डिङ सेन्टरमा बसेको र २५ गतेदेखी लक्षण देखिएपछि असोज २८ गते बेनी अस्पतालमा गै पिसिआर टेष्ट गरेपछि सुरक्षित आईसोलेसनमा रहेको उल्लेख गरेका छन ।
त्यसैविच मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले आईतवार नै सूचना प्रकाशित गरी २ जना कर्मचारीमा कोरोना पुष्टी भएकोले आन्तरिक तथा अति जरुरी काम बाहेक कार्यालय वन्द गरेको जनाएका छन ।
त्यसैगरी हिमालपारीको जिल्ला मुस्ताङको वाह्रगाउमुक्ति क्षेत्र गाउँपालिकाको कागवेनीका एक ब्यक्ति काठमाण्डौबाट गाउँआए लगत्तै कोरोनाको लक्षण सहितका विरामीभै काठमाण्डौमा उपचार गर्न फर्केकोमा अस्पतालमै मृत्यु भएकोले वस्ती र गाउँपालिकाको कार्यालय समेत कन्ट्रयाक ट्रेसिङमा परी कात्तिक ६ गतेसम्मकालागी कार्यालय बन्द गरेको सो गाउँपालिकाले जनाएको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
