Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

नेपाल वाल संगठन म्याग्दीको अध्यक्षमा राशेज शाक्य चयन, २९ बर्षपछि काँग्रेस बाहिरियो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६४ पटक पढिएको
नेपाल वाल संगठन म्याग्दीको अध्यक्षमा राशेज शाक्य चयन, २९ बर्षपछि काँग्रेस बाहिरियो

पञ्चायत विघटनपछि काँग्रेसको एकलौटी नेतृत्व गर्दै आएको नेपाल वाल संगठन म्याग्दीमा ५२ बर्षपछि वामपन्थीको कब्जामा पुगेको छ ।
२९ बर्षदेखी काँग्रेसका कार्यकर्ता भर्ति केन्द्रको रुपमा रहेको नेपाल वाल संगठन म्याग्दीको अध्यक्षमा युवा ब्यवसायी तथा सामाजिक कार्यकर्ता राजेश शाक्यलाई चयन गरेको छ । समितिले म्याग्दीसमेत देशभरका वाल संगठन विघटनगरी सत्तारुढ नेकपाका कार्यकर्ता/झुकाव राख्ने सामाजिक कार्यकर्ताको नेतृत्वमा संयोजक तोकेको हो ।
‘अनौपचारिक खवर आएको छ, औपचारिक पत्र प्राप्त भएको छैन’ नेपाल वाल संगठन म्याग्दीको अध्यक्ष चयन भएको राजेश शाक्यले भने, ‘औपचारिक प्राप्त नभएपनि सामाजिक दायित्व थपिएको छ । हिजोको नेतृत्वलाई पनि सहयोग गर्दै आएका थियौं, भोलि पनि मिलेरै काम गर्ने छौं ।’
संघिय सरकारको महिला वालबालिका तथा जेष्ठ नागरिक मन्त्रायलले केही दिन अघि नेपाल वाल संगठनमा काँग्रेसको वचस्र्व भंग गरी विद्य्या उपाध्याय न्यौपानेको अध्यक्षतामा संगठन पुर्नगठन गरेको थियो । ओली सरकार गठन भएलगत्तै देखी मन्त्रालयले गृह मन्त्रालय मार्फत देश भरका वाल संगठनको सम्पत्ति विवरण संकलन गरेको थियो ।
तत्कालिन बडामहारानी रत्नले विस २०२१ सालमा टुहुरा तथा असाहाय वालबालिकालाई संरक्षण प्रदान गर्ने उद्देश्यले गठन भएको गैहसरकारी संस्था, नेपाल बाल संगठन म्याग्दीमा २०२५ साल असार १९ गते तत्कालिन जिल्ला पञ्चायत सभापति भेषनाथ शर्माको अध्यक्षतामा स्थापना भएको हो ।
जिल्ला सभापतिको अध्यक्षतामा पञ्चायती कार्याकर्ताको नेतृत्वमा चलेको वाल संगठन ०४६ सालको राजनैतिक परिवर्तनपछि ०४८ पुस १ गते म्याग्दी काँग्रेसका संस्थापक सभापती ओमबहादुर बोगटीको नेतृत्वबाट बाल संगठन नेपाली काँग्रेसको कब्जामा थियो । ०५० वैशाख १९ देखी २४ बर्षसम्म वाल संगठनको नेतृत्व गरेका काँग्रेस उपसभापति हरीकुमार श्रेष्ठले बेनी नगरपालिको मेयरमा विजयी भएपछि ०७४ सालमा काँग्रेस नेता नेत्रबहादुर महतलाई हस्तान्त्रण गरेका हुन ।
लामो समय वाल संगठनको भवन पनि नेपाली काँग्रेसले २० बर्षसम्म प्रयोग गरेको थियो । अहिले उक्त भवन भाडामा दिईएको छ । सदरमुकाम बेनीको मुटुमा एक रोपनी बढी जग्गामा ३ वटा आरसिसी भवन छन । वाल संगठनको कार्यालय रहेका भवनलाई २०२७ साल देखी वालमन्दीर नामाकरण गरिएका हुन ।
वाल मन्दीरका ३ वटा मध्य १ वटा भवन ब्यापारिक प्रयोजनमा लगाईएको छ । संगठनले जिल्ला प्रशासन कार्यालयसँग मिलेमतोमा हरेक राहदानी फारममा ५० रुपैयाँ र नागरिकता आवेदन फारममा २५ रुपैयाँ गैह्कानुनी रुपमा असुली गर्दै आएको छ । सवै क्षेत्रबाट गरी संगठनले मासिक ६० हजारबढी आम्दानी गर्छ । यही आम्दानीबट संगठनको बालगृहमा आश्रित ११ जना बालबालिकाको खाना, पोसाक, कर्मचारीको तलवभत्तामा खर्च गर्ने गरेको छ ।
केन्द्रीय वाल संगठनको स्थापना कालमा ५ जना वालबालिका ल्याएर वाल गृह संञ्चालन गरिएको हो । हाल वालगृहमा बाग्लुङ्ग, पर्वत र म्याग्दीका गरी ३ छात्र समेत ११ जना बालबालिका आश्रित छन । टुहुरा र असाहायलाई मात्र राख्ने भनिएको भएपनि वालगृहमा अप्ठ्यारो र जोखिममा परेका बालबालिकालाई संरक्षण प्रदान गरीएको छ । म्याग्दी बालगृहले १० जना बालबालिका विदेशीलाई धर्मपुत्रपुत्रीको रुपमा दिएकोमा दिँदै आएकोमा पछिल्ला केही बर्षदेखी रोकेको छ ।
वाल संगठन म्याग्दीले ०२८ सालदेखी वालमन्दीरमा चिचिला, कोपिला र फूलगरी शिशु कक्षाबाट वालमन्दीर प्राथमिक विद्यालय संञ्चालन भएको हो । शसस्त्रद्वन्द्वको कारणले गाउँबाट विस्थापित भै सदरमुकाम आईरो लागेपछि सदरमुकाम बेनीका विद्यालयले विद्यार्थी चाप थेग्न नसक्दा वालमन्दीर प्राविलाई सदमुकाम बेनीको कालीपुलमा स्थानन्त्रण गरी स्तरउन्नत गरिएको हो । विद्यालयले कक्षा ८ सम्म अध्ययन अध्यापन गराउँछ । नयाँ शिक्षा ऐन ०७३ आएपछि वालमन्दीर आधारभुत विद्यालय पूर्णरुपले सामुदायक बनेको छ । तथापी वाल संगठनबाट दुई जना पदेन सदस्य रहेने ब्यवस्था राखिएको छ । विद्यालयले सवै वर्ग र समुदायका बालबालिकालाई समेट्न सकेको छैन । विद्यालयमा अति विपन्न र मजदुरहरुका विद्यार्थीहरु मात्र अध्ययन गर्छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल