Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

घर नै संक्रमणको मुख्य स्रोत, घरभित्रै संक्रमण हुन नदिन के गर्ने ?

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८९ पटक पढिएको
घर नै संक्रमणको मुख्य स्रोत, घरभित्रै संक्रमण हुन नदिन के गर्ने ?

घरको एक सदस्य मात्रै कोरोना संक्रमित भए परिवारमै संक्रमण सर्ने जोखिम हुन्छ । बाहिर निस्कने सदस्यले घरमा सावधानी नपनाएका कारण घरबाट ननिस्किएका व्यक्ति पनि संक्रमित भइरहेका छन् ।
लापरबाहीका कारण घरमा बसेका वृद्धवृद्धा संक्रमणको उच्च जोखिममा परिरहेको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । ‘लकडाउनअघि अधिकांश संक्रमणको स्रोत बाहिरका व्यक्ति हुन्थे । लकडाउन नरहेपछि परिवारकै सदस्यबाट बढी रोग सरिरहेको छ,’ उनले भने, ‘साथीभाइ र आफन्तबाट संक्रमण सर्दैन भन्ने मानसिकता र व्यवहारका कारण घर नै संक्रमणको स्रोत बनिरहेको छ ।’
दिनहुँ संक्रमणदर बढ्नुका धेरै कारणमध्ये घरभित्र जनस्वास्थ्यका मापदण्ड पालनामा हेलचेक्य्राइँ पनि मुख्य रहेको उनले बताए । उनका अनुसार संक्रमितले अहिले लक्षण नदेखिँदै घरका सदस्यलाई रोग सारिरहेका छन् । ‘लक्षण देखिएपछि त सावधानी अपनाइहाल्छन् तर नयाँ अध्ययनले सर्ने तरिका फरक छ भनिरहेको छ,’ उनले भने, ‘व्यक्ति सतर्क हुनुअघि नै भाइरस शरीरभित्र प्रवेश गरिसकेको हुन्छ, त्यो भनेको लक्षण देखिनुभन्दा तीन दिनअघि नै संक्रमितको सम्पर्कका आएका व्यक्तिमा रोग सरिसक्छ । त्यसपछि सावधानी अपनाउनुको कुनै अर्थ हुँदैन ।’


अलि अघिको अध्ययनले लक्षण नभएका व्यक्तिबाट कोरोना सर्दैन भनिएको थियो । विज्ञहरूको यसै भनाइलाई आधार मानेर लक्षणविहीन मानिस भीडभाडमा जाने, घरका सदस्यसँग पनि भौतिक दूरी कायम नगर्ने, मास्क नलगाउने जस्ता गतिविधि बढ्न थाले । तर, लक्षण छैन भन्दैमा जनस्वास्थ्यका मापदण्ड नअपनाई बस्दा, हिँड्दा एकै व्यक्तिले धेरैलाई संक्रमण सारिरहेको डा. पुनको भनाइ छ । चाडबाड नजिकिँदै गर्दा घरभित्रैबाट संक्रमण फैलिने जोखिम झनै बढेको उनले बताए । ‘पहिले जस्तो सकेसम्म नातेदार भेला भएर टीका लगाउने, भोज खाने त गर्नै हुँदैन । यदि सावधानी नअपनाउने हो भने महामारीले अहिलेको भन्दा डरलाग्दो रूप लिन सक्छ,’ उनले सुझाए, ‘ठूलाबडाबाट टीकै थाप्ने हो भने मास्क लगाएर, दूरी कायम गरेर भीडभाड नगरी गर्न सकिन्छ ।’
परिवारमा संक्रमण फैलिनुको मुख्य कारण रोग सर्ने तरिकाबारे मानिस अझै अनभिज्ञ हुनु र लापरबाही गर्नु मुख्य कारण मान्छन्, संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी ।

‘परिवारमा एक जना पोजिटिभ हुनासाथ पालैपालो सबै संक्रमित हुने भइरहेको छ । लक्षण आउनुअघि नै उसले अरूलाई रोग सारिसक्छ,’ उनले भने, ‘लामो समय शंकास्पदसँग बसेर कुरा गर्नु, सँगै खाना खानु र एउटै शौचालय प्रयोग गर्नु पनि अन्य कारण हुन् ।’ विशेषगरी उपत्यकामा भाडामा बस्ने, छुट्टै सुत्ने कोठा र प्रयोग गर्ने शौचालय नहुने परिवारमा यस्तो समस्या बढी भएको उनले बताए ।
उनका अनुसार कोरोना संक्रमणको शंका लागेका व्यक्तिको सम्पर्कमा आएकाले क्वारेन्टाइनमा बसेर एक सातापछि पीसीआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि मात्रै घरका सदस्यसँग हेलमेल गर्नुपर्छ । ‘त्यतिन्जेल छुट्टै बसेर खानुपर्छ तर सेवामा वृद्धवृद्धा या दीर्घरोगीलाई खटाउनु हुँदैन,’ उनले भने, ‘हेरचाह गर्नेले मास्क लगाउने, टाढैबाट कुराकानी गर्ने गरे रोग सर्नबाट धेरै हदसम्म बच्न सकिन्छ ।’

नेपालको सन्दर्भमा होम आइसोलेसन प्रभावकारी नभएका कारण पनि घर नै संक्रमणको मुख्य स्रोत बन्न पुगेको डा. अधिकारीको भनाइ छ । घरको संरचना साँघुरो हुने, स्वास्थ्यकर्मीको निगरानी नहुने, सावधानीका उपायबारे कम ज्ञान हुने अथवा नियम पालना नगर्ने आनीबानीले समस्या बढिरहेको छ । ‘सामान्य लक्षण भएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्दा परिवारमा संक्रमण फैलिनबाट जोगाउन सकिन्छ,’ उनले भने, ‘होम आइसोलेसनमै बस्ने भए पनि स्वास्थ्यकर्मीको नियमित निगरानी हुनुपर्छ तर अभ्यासमा यस्तो छैन ।’
संक्रमितले घरका अन्य सदस्य बचाउनका लागि सावधानीबाहेक अन्य कुनै उपाय नरहेको डा. पुनको भनाइ छ । ‘घरबाहिर हिँडडुल गर्नेले परिवारसँग हेलमेल गर्नु भएन, कुराकानी गर्नैपरे बन्द कोठामा होइन, खुला ठाउँमा बसेर मास्क लगाएर गर्नुपर्छ,’ उनले भने, ‘खाना खाने, टीभी हेर्ने पनि केही समय सँगै बसेर नगर्दा हुन्छ ।’ कोही संक्रमित भइहालेमा आइसोलेसनमा बस्ने र घरका बालबालिकालाई काखमा खेलाउने/बोक्ने गर्नै नहुने उनको सुझाव छ । संक्रमितले प्रयोग गरेका कुनै पनि सामान अरूले नचलाउने, चलाउनैपरे धोएर घाममा सुकाएर मात्रै प्रयोग गर्दा संक्रमण सर्ने सम्भावना कम हुने उनले बताए । source-ekantipur.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल