FLASH NEWS
  • Loading...

‘मेरो सेयर’ को पासवर्ड प्रयोगकर्ता स्वयंले रिसेट गर्न मिल्ने बनाइँदै

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २९४ पटक पढिएको
‘मेरो सेयर’ को पासवर्ड प्रयोगकर्ता स्वयंले रिसेट गर्न मिल्ने बनाइँदै

प्रयोगकर्ता आफैँले अब ‘मेरो सेयर’ पोर्टलको पासवर्ड रिसेट गर्न मिल्ने बनाइँदैछ। मेरो सेयरमा पासवर्ड बिर्सिएमा सम्बन्धित क्यापिटल वा ब्रोकर कम्पनीका डीपीकहाँ गई आवेदन दिनुपर्ने झन्झट छ। अधिकांश क्यापिटलहरुले भने ई–मेल गरेको खण्डमा पासवर्ड रिसेट गरिदिने पनि गरेका छन्।

सेयर बजारलाई प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले निकट भविष्यमै मेरो सेयरको पासवर्ड स्वयं प्रयोगकर्ताले नै रिसेट गर्न मिल्ने व्यवस्था बनाउन लागेको हो। यस्तो व्यवस्था भए प्रयोगकर्ताले मेरो सेयरको पासवर्ड बिर्सेको खण्डमा अब आफैँ सहजै रिसेट गर्न सहजै सक्नेछन्।

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले पासवर्ड रिसेटका लागि सिस्टम अपग्रेड र आवश्यक रिसोर्सको तयारीमा जुटेको र प्रयोगकर्ता स्वयंले पासवर्ड रिसेट गर्न मिल्ने सुविधा दिइने तयारी रहेको जानकारी दिए। हाल मेरो सेयरको प्रयोगकर्ता दिनानुदिन बढिरहेका र ठूलो परिमाणमा ई–मेल पठाउनुपर्ने भएकाले आवश्यक रिसोर्स थप गर्ने पक्षमा सीडीएससी रहेको उनको भनाइ छ।

यता ब्रोकर कम्पनीहरुका डीपीहरु भने फोनबाटै पनि सहजै मेरो सेयरको पासवर्ड रिसेट गरिदिने मामलामा अघि छन्। एक क्यापिटलका सीइओका अनुसार मेरो सेयरको पासवर्ड परिवर्तन गरिदिनै धेरै कर्मचारीको आवश्यकता रहेको र समय पनि धेरै खपत हुने समस्या रहेको जिकिर गर्छन्। दुई लाख हाराहारी डिम्याट खाता खोल्ने क्यापिटलहरुका लागि मेरो सेयरको पासवर्ड म्यानुअली परिवर्तन गर्दा अधिक दुःख हुने गरेको ती सीईओको भनाइ छ।

आईपीओ, एफपीओ, हकप्रद सेयर आवेदन, पोर्टफोलियो हेर्ने सुविधालगायतका कारण पछिल्लो समय सीडीएससीको मेरो सेयर पोर्टल निकै प्रयोगमा छ। नियामक नेपाल धितोपत्र बोर्डले सेयर बिक्रीपश्चात् सेयर हस्तान्तरण गर्नका लागि ईडीआईएस (मेरो सेयरमा सेयर ट्रान्सफर गर्न  उपलब्ध सेवा वा इलेक्ट्रोनिक डेबिट इन्स्ट्रक्स स्लिप) अनिवार्य भएसँगै मेरो सेयरको प्रयोगकर्तासमेत ७ लाख नाघेका छन्। यद्यपि सीडीएससीले पासवर्ड हाल्न १०० पटकसम्म ट्राई गर्न मिल्ने सुविधा ल्याएको पनि छ र पासवर्ड ६ महिनापछि मात्रै परिवर्तन हुने व्यवस्था गरेको छ।

यसअघि मेरो सेयरमा पासवर्ड १० पटकसम्म ट्राई गर्न मिल्थ्यो भने हरेक ९० दिन अर्थात् ३ महिनामा पासवर्ड अनिवार्य परिवर्तन गर्नुपर्ने अवस्था विद्यमान थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल