- Loading...
यातायात व्यवसायीले असोज १ बाट अन्तरजिल्ला गाडी चलाउने
- पुनहिल डट कम
- ४ साल अघि
- १७८ पटक पढिएको

यातायात व्यवसायी र मजुदर संगठनका नेताहरुले आउँदो असोज १ गतेबाट अन्तर जिल्ला यातायात सञ्चालन गर्नेसहित विभिन्न चारबुँदे माग सरकारसमक्ष प्रस्तुत गरेका छन्।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङलाई भेटेर यातायात व्यवसायी तथा मजदुर संगठनका नेताहरुले चारबुँदे माग बुझाएका हुन्। मागपत्रमा असोज १ गतेबाट अन्तर जिल्ला यातायात खुलाउनुपर्ने, उपत्यकामा १६ सिटभन्दा कम क्षमताका सवारीसाधन पनि चलाउन पाउनुपर्ने, होल्डिङ सेन्टरमा भएका अनियमितताबारे छानबिन गर्नुपर्ने र सवारीसाधनको आयु तोकेर दर्ता तथा नवीकरण रोक्ने सरकारे निर्णय खारेज गर्नुपर्ने उल्लेख छ।
कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले अन्तर जिल्ला यातायात सञ्चालनमा भदौ ३२ गतेसम्म रोक लगाएको छ। संक्रमण नियन्त्रणमा आइनसकेको अवस्थामा यातायात सञ्चालनमा लगाइएको प्रतिबन्ध लम्बिन सक्ने भन्दै यातायात व्यवसायी र मजदुर संगठनले मन्त्री नेम्बाङलाई भेटेर दबाब दिएका हुन्। ‘विगत ६ महिनादेखि गाडी थन्काएर बसेका छौँ, अब कति बस्ने’, यातायात व्यवसायी एक नेताले भने, ‘बैंकको ऋण–ब्याज कसले तिरिदिन्छ, हाम्रो परिवार कसले पालिदिन्छ। अब हामी असोज १ गतेबाट गाडी कुदाउँछौँ।’
मन्त्री नेम्बाङले भने यातायात व्यवसायी र मजदुरहरुले उठाएका माग जहाज भएको भन्दै प्रधानमन्त्रीसमक्ष कुरा राख्ने आश्वासन दिएको ती नेताले बताएका छन्।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
