FLASH NEWS
  • Loading...

अझै मिलेन महासंघ भित्रको किचलो , निर्वाचन मोडालिटीमै विवाद

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३०३ पटक पढिएको
अझै मिलेन महासंघ भित्रको किचलो , निर्वाचन मोडालिटीमै विवाद

निजि क्षेत्रका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनलाई लिएर सुरु भएको विवाद अझै मिल्न सकेको छैन।  कोभिड-१९ ले पर धकेलिंदै गएपछि निर्वाचन मोडालिटी बनाउन गठन गरिएको समितिको ड्राफ्टलाई लिएर समेत विवाद उत्पन्न भएको छ।

निर्वाचन मोडालिटी बनाउने जिम्मेवारी पाएको ६ सदस्सीय समितिको ड्राफ्टलाई लिएर महासंघभित्र नयाँ विवाद देखिएको छ। बिगतमा निर्वाचन कहिले गर्ने भन्ने बिषयमा किचलो बढेपछि समितिलाई मोडालिटी बनाउने जिम्मेवारी दिईएको थियो।

तर समितिका सदस्यहरुबीच नै निर्वाचन मोडालिटीको ड्राफ्टमा विवाद देखिएको छ। वरिष्ट उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल समुहबाट समितिमा रहेका सदस्यले संचार माध्यममा बाहिरिएको मोडालिटीलाई नै मान्यता दिएर अगाडी बढ्नुपर्ने अडान राखेको छ भने शेखर गोल्छा समुहले भने बाहिरिएको मोडालिटीमा यथास्थितिमा हस्ताक्षर गर्न नसकिने अडान राखेका छन्।

निर्वाचन मोडालिटीको ड्राफ्ट गत शुक्रबार नै अध्यक्ष भवानी राणालाई बुझाउने कार्यक्रम भएपनि दुवै समुहका सदस्यबीच विवाद देखिएपछि स्थगित भएको छ। मोडालिटीमा केही फेरबदल गर्न ढकाल समूह तयार भएपछि मात्र सोमबार समितिको बैठक बस्ने तयारि भएको स्रोतको भनाई छ।

पहिल्यै सार्वजनिक गरिएको ड्राफ्टमा हस्ताक्षर गर्नलाई ढकाल समुहले दबाब दिएपछि विवाद भएकाले शुक्रबार अध्यक्ष भवानी राणालाई निर्वाचन मोडालिटी बुझाउन नसकिएको समितिका एक सदस्यले बताए। अन्तिम रुप लिनु पुर्वनै ड्राफ्टमा उल्लेख सूचना चुहाएको ढकाल समुहमाथि गोल्छा समुहले आरोप लगाएको छ।

ढकाल समुहको जोड इलेक्ट्रोनिक भोटिङमा 

अहिलेको परिस्थितिमा इलेक्ट्रोनिक भोटिङ उत्तम विकल्प भएको भन्दै ढकाल समुहले ई भोटिङ मार्फत निर्वाचन गराउनुपर्ने अडान लिएको छ। तर भौतिक रुपमै हस्ताक्षर गर्ने गरि निर्वाचन गर्नुपर्ने ढकाल इतर समुहको माग छ।

कार्यसमितिले अनुमोदन गरेको कुरालाई मान्यता दिनलाई समेत साधारणसभाको आवश्यक पर्ने र त्यसका लागि एउटा मोडालिटी बनाउनुपर्नेमा गोल्छा समुहको जोड छ।

साधारणसभाबाट नै निर्वाचन गर्ने र त्यसको मोडालिटी पनि अनुमोदन हुनुपर्ने भएकाले अहिलेको मुख्य कुरा साधारणसभा कसरि गर्ने भन्ने रहेको महासंघका एक  कार्यसमिति सदस्यले बताए।

‘अनलाइन मार्फत बिभिन्न तहमा वा एकै पटक साधारणसभा गर्ने, उक्त साधारणसभाबाट अध्यक्ष भवानी राणाले आफ्नो कार्यकालको प्रतिबेदन अनुमोदन गराई शेखर गोल्छालाई पद हस्तान्तरण गर्ने, अहिलेको कार्यसमितिलाई  ६ महिनाको मान्यता दिने, नयाँ कार्यसमिति चयनका लागि  म्यान्डेड दिने गरि छलफल भएको छ, तर यो प्रस्तावमा ढकाल समुहले आपत्ति जनाउदै आएको छ’ ति कार्यसमिति सदस्यले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल