FLASH NEWS
  • Loading...

सिन्धुपाल्चोकको पहिरो [अपडेट] : ५ जनाको शव भेटियो, ३८ जना बेपत्ता भएको गाउँपालिकाद्वारा पुष्टि

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७३ पटक पढिएको
सिन्धुपाल्चोकको पहिरो [अपडेट] : ५ जनाको शव भेटियो, ३८ जना बेपत्ता भएको गाउँपालिकाद्वारा पुष्टि

सिन्धुपाल्चोक जुगल गाउँपालिकाको वडा नम्बर २, गोल्चे लिदीमा गएको पहिरोमा १३ घर पुरिँदा ३७ जना बेपत्ता भएको गाउँपालिकाले जनाएको छ । जुगल २, लिदी लामाटोलका ३८ जना स्थानीय बेपत्ता भएको भन्दै जुगल गाउँपालिकाले सूची निकालेको छ ।

 

लिदी पहिरोमा परी बेपत्ता भएकामध्ये ५ जनाको शव भेटिएको पुष्टि गरे पनि विस्तृत विवरण भने प्राप्त नभएको सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । मृत्यु हुनेहरुको सनाखत भएको छैन ।

सभामुख अग्नि सापकोटासँगै पुगेका नेपाली सेनाको टोलीले गम्भीर घाइते भएका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरेको छ । चार जना चौतारा अस्पताल र एक जनालाई काठमाडौंको सिभिल हस्पिटल पठाइएको डीएसपी काफ्लेले जानकारी दिए ।

शुक्रबार बिहान साढे ६ बजेतिर बस्तीमाथिको डाँडो भासिएपछि १३ घर पूरै पुरिएको र कम्तीमा ३० घरमा आंशिक क्षति पुगेको गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले जानकारी दिए । पहिरोबाट १५ जना भने सकुशल बाहिर निस्कन सफल भएको नेपालले बताए ।

जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले उपलब्ध गराएको सूचीअनुसार पहिरोमा परी बेपत्ता हुनेहरु निम्नानुसार छन् ।

१.छविलाल दोङ २.सोमरानी दोङ ३.धनलक्ष्मी दोङ ४.शिरमाया दोङ ५.विवरानी दोङ ६.साहिँली दोङ ७.बिबी लक्ष्मी दोङ ८.सानुकान्छा दोङ

९.साङलामो दोङ १०सोनाम दोङ ११.हिरा भक्ति दोङ १२.जीते झाँक्री दोङ १३.सानुकान्छी दोङ (गर्भवती) १४.दिन्दुस दोङ १५.सुरज दोङ

१६.करेसमाई दोङ १७.च्यामा दोङ  १८.सानु दोङ १९.टीकामाया दोङ २०.छिरिङ दोङ २१.मानबहादुर दोङ  २२.जयबहादुर दोङ २३.प्रिया दोङ २४.प्रीति दोङ २५.कान्छी दोङ २६.सानुकान्छी दोङ २७.वाङ्ची लामा दोङ २८.धनमाया तामाङ दोङ २९.रेनिस दोङ ३०.मेकमाया दोङ

३१.मिलन दोङ  ३२.विमला दोङ ३३.माइला पराङ ३४.प्रकाश दोङ ३५.साइली दोङ ३६.आयुश दोङ ३७.सुवास तामाङ ३८.टीकामाई दोङ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल