Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

बेनी–जोमसोम सडकको खराव हालत

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६७ पटक पढिएको
बेनी–जोमसोम सडकको खराव हालत

संसारको सर्वाधिक गहिरो अन्धगल्छीमा पर्ने म्याग्दी–मुस्ताङ खण्डमा बग्ने कालीगण्डकी नदी किनारामा दुई ठूला राष्ट्रिय गौरवका आयोजना निर्माणाधिन छन, कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला राजमार्ग र दाना–कुस्मा २२० केभिए प्रसारण लाईन ।
मनसुन सुरु भएसँगै बेनी–जोमसोम–कोरला सडकको बेनी–लेते ४४ किलोमिटर खण्डमा पहिरोले ब्यापक क्षति पुर्‍याएको छ । सोमबार दिउँसो धौलागिरी हिमश्रृखलाको फेदीमा भारी वर्षापछि त्यहाँबाट झर्ने खोलाको डरलाग्दो बाढी मिसिएपछि कालीगण्डकी करिडोरमा निर्माणाधिन सडकलाई क्षतविक्षत बनाएको छ । नदी कटानले प्रसारणलाईन लाईनको सवस्टेसन र टावहरुलाई उच्च जोखिममा पारेको छ ।
बाढीले बेनी–लेते खण्डमा पाँच वटा मोटरपुल बगाएको/क्षति पुर्‍याएको छ । धौलागिरी हिमालबाट झर्ने राहुघाट खोलाले प्रवेशद्धार गलेश्वर स्थित बेलिव्रिज बगाएको छ । अन्नपूर्ण गाउँपालिका, ३ दानाको द्धारीखोलाको पुल र रुप्से छहराले निर्माणाधिन मोटरपुल बगाएको छ । मुस्ताङ तर्फ पर्ने तल्लो घाँसामा निर्माणाधिन पुल र माथिल्लो घाँसा छेउको कैकु खोलामा निर्मित चालु मोटरपुल बगाएको छ ।
त्यसैगरी बेनी–जोमसोम–कोरला राजमार्गमा बेनी–गलेश्वर खण्डमा दुई ठाउँमा सडक भासिएको छ । अन्नपूर्ण गाउँपालिका, ६ रातोपानी नजिकै करिव २० मिटर, अन्नपूर्ण गापा, २ भुरुङ्ग तातोपानी बजार संरक्षण गर्ने तटवन्ध सहित ५० मिटर सडक र सोही गापा, ३ दानामा गाडपार जोड्ने झोलुङ्गे पुल सहित १५ मिटर सडक बगाएको छ । रुप्से झरनामा सोमबार आएको बाढीले निर्माणाधिन मोटर पुल, डोजर, बस र होटलसमेत ३० मिटरबढी सडक बगाएको छ ।
‘अक्करे पहाडको च्यापुवामा कालीगण्डकी बेनी–जोमसोम पैदल वा मोटर यात्रा गर्नेले मात्र देखेका छन, यहाँका पहिरो र संकटासन्न जोखिम’ कालीगण्डकी नदी कटानबाट घर जोखिममा परेपछि सुरक्षित स्थानमा सरेका भुरुङ्ग तातोपानीका स्थानीय श्याम रानाले भने, ‘हामीले पटक–पटक कालीगण्डकीको रौद्र ब्यवहार भोगेका छौं । पहिरोले नदी थुन्दा पानीमा डुबेर पनि बाँचेका छौं । तर प्राविधिक यी कुरा सुन्न मान्दैनन, लापरवाही गर्छन, भोग्छौं हामी ।’
त्यस्तै काप्रे/वाँदरजुङ भीरमा २० मिटर सडक बगेको छ । सोही ठाउँमा छुट्टै नजिकै पहिरोले १५–१६ मिटर सडक बगाएको छ । दानाको खामभित्तामा पनि सडक वेससहित कालीगण्डकीमा खसेको छ ।
‘बेनी–जोमसोम–कोरला सडकको गलेश्वर–लेते खण्डमा मात्र दुई जर्ननबढी स्थानमा बाढीपहिरोले सडक भत्केको छ । तत्काल यातायात खुल्नेगरी सडक सूचारु गर्न संभव छैन । धेरै स्थानमा हामीले थालेका प्रयास ब्यर्थ भएको छ’ करिडोरका योजना प्रमुख असोक तिवारीले भने, ‘पुरै क्षतविक्षत छ । साना पहिरोका अवरोध अझ धेरै छन ।’
कालीगण्डकी नदीमा सोमबार साँझ आएको बाढीले अन्नपूर्ण गाउँपालिका, ३ दानामा निर्माणाधिन २२० केभिए प्रशासरण लाईनको सवस्टेसनमा जोड्न ल्याएको ४२ मेघावाट क्षमताको निर्माणाधिन मिस्त्रीखोला जलविधुत आयोजनाको एउटा ३३ केभिए हाईटेन्सनको टावर ढलाएको छ । त्यस्तै नदी कटानबाट सवस्टेसन र २२० केभिए हाईटेन्सन लाईनका कम्तीमा टावर ढल्ने अवस्थामा पुगेको छन । दानाको खामभित्ता, रातोपानी, महभीरमा नदीकटानबाट टावर ढल्ने अवस्थामा पुगेको छ । हालै पहिरोले पर्वतको जलजलामा यही हाईटेन्सनको टावर ढलाएको थियो ।
त्यस्तै कालीगण्डकी नदीले कटान गर्दा अन्नपूर्ण गापा, ६ धिरच्याङमा रहेको निर्माणाधिन १४ मेगावाट क्षमताको घारखोला हाईड्रोको क्रससर प्लान्ट बगाएकोको आयोजनाले जनाएको छ ।
बाढीपहिरोको उच्च जोखिमयुक्त सदरमुकाममध्य एक, बेनीबजार संरक्षण गर्न लगाईएको तटवन्धलाई कालीगण्डकी नदीको बाढीले भत्काउन थालेको छ ।
कालीगण्डकीको बाढीले बेनीको कालिपुल स्थित मुस्ताङ वसपार्क छेउमा करिव ३० मिटर तटवन्धी आधा खसालेको छ । त्यसैगरी बेनीको उद्योग वाणिज्य संघको कार्यालय मुनी लगाईएको ग्याभिनको तटवन्ध भत्काएर कटान सुरु गरेको छ ।
कालीपुलको कटान रोक्न बेनी संरक्षणको जिम्मा पाएको पोखरा स्थित रुपाताल संरक्षण एकिकृत विकास परियोजनालाई तत्कालन आउने भएको छ । उवासंघको कार्यालय मुनीको कटान रोक्न बेनी नगरपालिकाले अन्यत्रको तटवन्धको फेदीमा लन्चिङ दिन बनाएका ठूलाठूला स्लेप राखेर अस्थाई कटान रोक्न प्रयास थालेको छ ।
‘बेनी संरक्षणको काम पोखराको रुपाताल संरषण परियोजनाले गरिरहेकोले तत्काल संरषण थाल्न वोलाएका छौं’ प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘केही ठाउँमा परियोजनाले नै निर्माण गरेका तर प्रयोग नभएका केही ठूला आरसिसि स्लेपलाई तारले बाँधेर कटान भएको ठाउँमा राख्ने प्रयास भएको छ ।’
त्यस्तै धौलागिरी हिमालबाट झर्ने म्याग्दी खोलाले पश्चिम मालिका गाउँपालिका केन्द्र रहेको दोस्रो ठूलो ब्यापारिक बजार दरवाङ बजार कटान थालेको छ । बजार संरक्षण गर्न लगाईएको तटवन्ध भत्काएर बाढीले कटान थालेको मालिका गापा, ६ दरवाङका वडाध्यक्ष सन्तोष सुवेदीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल