FLASH NEWS
  • Loading...

राहुघाट आयोजनाको पावर हाउसको प्रेसरसार्फ भत्कियो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३०१ पटक पढिएको
राहुघाट आयोजनाको पावर हाउसको प्रेसरसार्फ भत्कियो

निर्माणाधिन ४२ मेगावाट क्षमताको राहुघाट जलविधुत आयोजनाको पावरहाउस तर्फको प्रेसरसार्फ भत्केपछि काम रोकिएको छ ।
रघुगंगा गाउँपालिका, ३ पिप्लेको तिल्केनीमा निर्माणाधिन रघुघाट जलविधुतको पावरहाउस रहने स्थानमा पहिरो झरेर टनेलको मुख बन्द भएपछि प्रेसरसार्फ तर्फको काम रोकिएको निर्माण कम्पनी जयप्रसाद एसोसियट (जेपी)ले जनाएको छ । गत असार २७ गते राती परेको भारी वर्षापछि प्रेसर सार्फ भत्केपछि काम रोकिएको हो ।
प्रेसरसार्फमा पहिरो झरेपछि काम रोकिएको भएपनि अडिट ३ र ४ र अन्य काम काम भैरहेको पनि निर्माण कम्पनीले जनाएको छ ।
भारतिय एक्जिम वैंको ऋण लगानीमा नेपाल विधुत प्राधिकरणको सव कम्पनी रघुगंगा हाईड्रो पावर लिमिटेडले राहुघाट जलविधुत आयोजना निर्माण गरिरहेको छ ।

अर्ध जलाशययुक्त आयोजनाबाट सुख्खा मौषममा ४ करोड ९९ लाख ७८ हजार र वर्खा सिजनमा २४ करोड ५ लाख ९३ हजार युनिट प्रतिघन्टा कन्ट्राक इनर्जी रहेको छ । ब्याज बाहेक ८ अर्व ६० करोड लागत अनुमान गरिएको राहुघाट जलविधुत आयोजनाबाट उत्पादित विधुत आयोजनाको स्वीच आर्डबाट दाना–कुस्मा २२० केभिए प्रशारणलाईनमा ‘लुप इन, लुप आउट’ सिस्टममा जोड्ने प्रस्ताव छ । नयाँ मोडेल अनुसार रघुगंगा हाईड्रोमा ७० प्रतिशत विधुत प्राधिकरण र ३० प्रतिशत सर्वसाधारणको सेयर रहने कम्पनीले जनाएको छ ।
नेपाल विधुत प्राधिकरणले रहुघाट जलविधुत आयोजनाले २०६५ देखी सिभिल इन्जिनियरिङ्गको काम सुरु गरेको हो । ऋणको सर्त अनुसार नै प्राधिकरणले २०६७ कात्तिकमा दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरी भारतिय कम्पनी आइभिआरसिएल इन्फास्टक्चर प्रोजेक्टस् इण्डिया लिमिटेडले काम गर्न नसकेपछि प्राधिकरणले २०७० मा सम्झौता टर्मिनेट (भङ्ग) गरी नयाँ ठेकदार नियुक्त गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल