FLASH NEWS
  • Loading...

श्रम सूचना बैंक हायर मी नेपाल साइट सुरु, न्यूनतम ५० हजार रोजगारी दिइने

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६१ पटक पढिएको
श्रम सूचना बैंक हायर मी नेपाल साइट सुरु, न्यूनतम ५० हजार रोजगारी दिइने

रोजगारदाताले महंगोमा विज्ञापन गर्दा पनि चाहिएको जनशक्ति नपाउने तथा काम गर्न चाहने र पहुँच नहुनेले समयमा रोजेको ठाउँमा रोजगार नपाउने बाध्यतालाई सहजीकरण गर्न नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज प्रालिले हायर मी नेपाल प्रोग्राम श्रावण १ गतेबाट संचालनमा ल्याएको छ।

कोरोना संक्रमण र लामो समयको लकडाउनको कारण विश्वका प्रत्येक देशमा लाखौँ लाख मानिसले भइरहेको रोजगारी गुमाएका छन भने लाखौँ थप जनशक्ति रोजगारीको लागि तैयार हुँदै छन। नेपालमा पनि उद्योग व्यवसाय बन्द भएको कारण तथा विदेशबाट बेरोजगार भई फर्केका समेत गरी  न्यूनतम पच्चीस लाख मानिस लाई रोजगारी दिनु पर्ने चुनौती आइपरेको छ।

सरकारले आव २०७७-७८ को बजेटमा योग्यता,सीप र क्षमता भएकालाई रोजगारी दिने उद्देश्यले स्थानीय स्तरमा रोजगार सेवा केन्द्र स्थापना गर्ने र सो कार्यलाई सहजीकरण गर्न श्रम सूचना बैंकको अवधारणा ल्याएको छ। तर राजनैतिक र प्रशासनिक अस्थिरताको कारण यो कार्यक्रमको प्रभावकारी संचालनमा विश्वास गरि हाल्ने अवस्था देखिदैन। सरकारको यही अवधारणामा काम गर्ने गरी नीजि स्तरबाट हायर मी नेपालू प्रारम्भ गरेको जनाएको छ। यसले श्रम सूचना बैंकको कमीलाई पूरा गर्ने प्रयास गरेको बताइएको छ।
हायर मी नेपाल डट कम साईटको माध्यमले रोजगारदाता कम्पनी, उद्योग, संस्था तथा रोजगार हुन चाहने जो सुकैले आफूलाई छुट्टै पासवर्ड लिएर रजिष्टर्ड गराउन सक्ने छन। चाहिएको जनशक्ति खोज्ने, सम्पर्क गर्ने, च्याटको माध्यमले अन्तर्वार्ता गरी नियुक्ति लिन दिन समेत सकिने गरी सफ्टवेयर  बनाईएको छ। यो साईट अहिलेलाई पूर्णत निशुल्क हुनेछ।

यो साइट प्रयोग गर्न सजिलोको लागि छिट्टै नै मोबाइल एप्लिकेशन समेत प्रयोगमा ल्याउने गरी कार्य भइरहेको छ। दुई वर्ष भित्र पाच लाख संस्था र व्यक्तिलाई यो साईटमा रजिष्टर्ड गराई न्यूनतम पचास हजारलाई रोजगारी दिलाउने गरी कार्यक्रम संचालन गरिएको छ। विदेशमा दक्ष जनशक्ति उत्पादन गरी आउट सोर्सिङ्ग माध्यमबाट कम्पनीहरुलाई उपलब्ध गराउने सिस्टम रहेको छ। नेशनल एकेडेमी ले पनि सोही अवधारणामा तालिम केन्द्र संचालन गरी चाहिएको ठाउँमा दक्ष जनशक्ति परिपूर्ति गर्ने कार्यक्रम समेत ल्याउन थालेको जानकारी अध्यक्ष भट्टराईले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल