Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

सरकारको अनुमान : साउनमा बाढी, पहिरो र कोरोना उत्कर्षमा पुग्‍छ

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १५६ पटक पढिएको
सरकारको अनुमान : साउनमा बाढी, पहिरो र कोरोना उत्कर्षमा पुग्‍छ

सरकारले आगामी साउन महिनामा कोरोना महामारी र बाढी पहिरो उत्कर्षमा पुग्ने अनुमान गरेको छ।
गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउन महिनाको दोस्रो हप्तादेखि महिनाको अन्त्यसम्म बाढी, पहिरो, वर्षाबाट हुने विपद र कोरोना महामारी एकैपटक उत्कर्षमा पुग्ने अनुमान गरेको हो।
प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना २०७७ मा कोरोना र वर्षाको प्रकोप एकै पटक सामना गर्नुपर्ने उल्लेख छ।  ‘सिंगो  मुलुक अहिले कोभिड-१९ सँग जुधिरहेको छ। संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ,’ प्राधिकरणले तयार पारेको प्रतिवेदनमा भनिएको छ, ‘साउनमा कोभिड १९ को संक्रमण पनि उत्कर्षमा पुग्ने आँकलन गरिएको छ। यसर्थ बाढी, पहिरो, डुबान, लगायतको पूर्वतयारी र प्रतिकार्य तथा कोभिड-१९ सँगको सामना एकैपटक गर्नुपर्ने हुन्छ।’
कोरोनाले लपेटेकै जिल्लामा विपदको जोखिम अहिले नेपालका जुन जिल्लामा संख्यात्मक रुपमा बढि संक्रमित रहेका जिल्लामै साउनको दोस्रो र तेस्रो सातामा बाढी पहिरोको पनि जोखिम रहने बताइएको छ।  बाढीको जाेखिम भएका जिल्ला  पहिराेकाे जाेखिम भएका जिल्लाहरू    कोरोना महामारीको सबैभन्दा बढी चपेटामा परेको नेपालको तराई क्षेत्र नै बाढीको पनि सबैभन्दा बढी जोखिममा रहेको सरकारले अनुमान गरेकाे छ।
‘मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, २०७७’ मा भनिएको छ’ प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ मा बाढी जन्य जोखिम अत्यधिक हुने आकलन गरिएको छ।’  मुलुकभर बाढी तथा डुबानका घटना १२ लाख ५० हजार वटा हुने अनुमान सरकारले गरेको छ। यस्तै पहिरो २ लाख ५० हजार तथा पानी जन्य जोखिम १५ लाख गरी यस वर्ष जम्मा वर्षा जन्य विपद् ३० लाख घटना हुने अनुमान सरकारको छ। सरकारले बाढीको जाेखिम असार, साउन, भदाै र असाेज महिनासम्म रहने अनुमान गरेकाे छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल