- Loading...
कोरोनाविरुद्ध पहिलो भ्याक्सिनले प्रयोगको अनुमति पायो
- पुनहिल डट कम
- ४ साल अघि
- १२२ पटक पढिएको

कोरोना भाइरसविरुद्ध भ्याक्सिन बनाउने विश्वव्यापी अभियानमा चीनको सेनाले महत्वपूर्ण कोसेढुङ्गा पार गरेको छ । चीनको क्यान्सिनो बायोलोजिक्स कम्पनीसँग मिलेर चीनको सेनाको अनुसन्धान युनिटले विकास गरेको भ्याक्सिनले प्रयोगको अनुमति पाएको छ । यो भ्याक्सिनको प्रयोग चीनको सेनाबाटै सुरु गरिने रोयटर्सको समाचारमा उल्लेख छ ।
क्यान्सिनो बायोलोजिक्सले सोमबार एक वक्तव्य जारी गर्दै यो भ्याक्सिनको सुरुका २ चरणको परीक्षणमा यो सुरक्षित र प्रभावकारी भएको देखिएपछि यसले अनुमति पाएको जनाएको छ । एडी फाइभ एनसीओभी नामको यो भ्याक्सिन चीनका ती ८ सम्भावित भ्याक्सिनमध्येको एक हो जसले मानवमा परीक्षणको लागि अनुमति पाएका छन् । यो भ्याक्सिनले क्यानडामा परीक्षणको अनुमति पनि पाएको छ ।
चीनको सेन्ट्रल मिलिटरी कमिशनले २५ जूनमा यो भ्याक्सिन एक वर्षसम्म चीनको सेनाका जवानहरुमा प्रयोग गर्नको लागि अनुमति दिएको समाचारमा जनाइएको छ । क्यान्सिनोले आफ्नो बयानमा यो भ्याक्सिनको पहिलो र दोस्रो चरणको ह्युमन ट्रायलमा यसमा कोरोनाभाइरस संक्रमणबाट बचाउने क्षमता भएको पाइएको जनाएको छ । ‘एडी फाइभ एनसीओभी अहिले सैन्य प्रयोगमा मात्र सीमित छ र यसको प्रयोग लोजिस्टिक सपोर्ट डिपार्टमेन्टको अनुमति बिना विस्तार गर्न सकिने छैन’ क्यान्सिनोले आफ्नो वक्तव्यमा भनेको छ ।
अहिलेसम्म यो भ्याक्सिनको व्यवसायिक सफलताको कुनै ग्यारेन्टीबारे बताइएको छैन । यद्यपि यो चीनको सबैभन्दा अगाडि रहेको भ्याक्सिन हो जसले परीक्षणको सबैभन्दा धेरै चरण पार गरिसकेको छ । यो कारणले यो भ्याक्सिनको सफलताले ठूलो आशा जगाएको छ । यो भ्याक्सिनले यसअघि मुसा र बाँदरमा गरिएको परीक्षणमा सफलता पाइसकेको छ । अहिले विश्वभर करिब १०० सम्भावित भ्याक्सिनको विकास र परीक्षणको काम चलिरहेको छ । तर, अहिलेसम्म कुनै पनि भ्याक्सिनले व्यवसायिक प्रयोगको अनुमति भने पाएको छैन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
