Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

गाउँका क्वारेन्टाई रित्तै, बेनीमा भारतका घट्दै तेस्रो मुलकबाट फर्केका बढ्दै

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २१३ पटक पढिएको
गाउँका क्वारेन्टाई रित्तै, बेनीमा भारतका घट्दै तेस्रो मुलकबाट फर्केका बढ्दै

भारतसमेत तेस्रो मुलुकबाट फर्केकालाई सदरमुकाम बेनीको क्वारेन्टाईनमा राख्न थालिएपछि स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइन रित्ता बनेका छन ।
कोरना संक्रमणको जोखिममा रहेकाबाट समुदायमा संक्रमण फैलिन रोक्न नदिन एकद्धार प्रणाली अपनाउने नीति अनुसार विदेशाट फर्केकालाई १४ दिन सदरमुकामकै क्वारेन्टाईनमा राख्ने र पिसिआर परिक्षणपछि घर फकाउने थालेपछि गाउँका क्वारेन्टाईन रिक्ता भएका हुन ।
तर सदरमुकाम बेनीका दुई वटा क्वारेन्टाईनमा भने भारतबाट फर्केका घट्ने र तेस्रो मुलुकबाट फर्केकाको संख्या बढ्दै गएको छ ।
क्वारेन्टाईनमा सुरुमा लकडाउन सुरु नहुँदै भारतसमेत विदेशबाट फर्केकालाई राखिएको थियो । दोस्रो चरणमा काठमाण्डौ समेत देशका सहरबाट फर्केकालाई क्वारेन्टाईन राखिएको थियो । तेस्रो चरणमा क्वारेन्टाईनमा भारतबाट फर्केकाहरु भरिभराउ थिए । चौंथो चरणमा भारतबाट फर्केका घट्दै, विश्वको शक्तिशाली देश अमेरिका, जापान, अष्ट्रेलिया, खाडीमुलक समेत तेस्रो मुलकबाट फर्केकाले भरिन थालेका छन ।
हालसम्म २ सय २ जना बेनीका क्वारेन्टाईनमा बसेर घर गएका छन । यीमध्य १४ जनामा कोरना पुष्टी भएको छ । कोरना संक्रमण पुष्टी भएकामध्य ६ जना कोरना मुक्त भै घर फर्केका छन । कोरना संक्रमणको जोखिममा रहेका १ सय जना अझै बेनीका दुई वटा क्वारिन्टाईनमा रहेका छन ।
प्रकोप कन्ट्रोल कमाण्ड पोष्टका सदस्य सुरत केसीका अनुसार आईतवार दिउँसो १ बजेसम्म बेनीका वेष्टपोईन्ट र म्याग्दी क्याम्पस क्वारेन्टाईनमा गरी १ सय जना रहेका छन । ति मध्य अमेरिकाबाट फर्केका ६ जना, जापानबाट फर्केका ६ जना, कतार, ओमन, बहराईन, कुवेत, साउदी समेत खाडीमुलुकबाट फर्केका ५४ जना र बाँकी भारतबाट फर्केका हुन । आईतवार खाडी क्षेत्रबाट फर्केका ६ जना क्वारिन्टाईनमा थपिदै छन ।
त्यसैविच आईतवार कोरना संक्रमण भै बेनी आईसोलेसनमा रहेका थप चार जनाले कोरना जितेर घर फर्केका छन ।
बेनीको आईसोलेसनमा रहेका १२ जनामध्य बेनी नगरपालिका, ३ का पुरुषको तेस्रो रिपोर्ट, मालिका गापा, ३ का एक पुरुष, मंगला,५ का एक पुरुष र रघुगंगा गापा,२ की एक महिलाको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको हो । भारतबाट फर्केका कोरना संक्रमति रघुगंगा गाउँपालिका, २ भतवतीका आमाछोरीमध्य ९ बर्षिया छोरीको दोस्रो पिसिआर टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएपछि कोरनामुक्त भएपनि आमा घर फर्कन पाईनन । यस अघि दुई जना कोरना मुक्त भै घर फर्केका थिए ।
‘कोरना लाग्यो भन्दा सुरुमा म आत्तिए, बाँच्दिन भन्ने लागेको थियो । वास्तबमा कोरना भाईरस आत्मवलले जित्ने रोग रहेछ । कोरना आफ्नै ब्यवहार र सर्तकताले जित्न सकिन्छ’ कोरना जितेर घर फर्कन लागेका बेनी नगपा, ३ का पुरुषले भने, ‘कोरनाको उपचार गर्न अन्य विरामीको जस्तो डाक्टर आउने, औषधी दिने रहेनछ । आफै एकान्तबास वस्ने, आत्मबल उच्च बनाउने, पोषिलो खानेकुरा खाने, चिसोबाट बच्ने तथा मास्क लगाएर अरुलाई सर्न नदिनु नै रहेछ ।’
मुस्ताङमा कोरना संक्रमतिको सम्पर्कमा आएकाको पिसिआर रिपोर्ट नेगेटिभ
मुस्ताङका पहिलो संक्रमित ८३ बर्षिय पुरुषसँगै एउटै वसमा यात्रा गरेका २१ जना र बसका कर्मचारी ३ जना समेत सवै २४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन मुस्ताङले जनाएको छ ।
गत जेठ ३१ गते काठमाण्डौबाट मुस्ताङ फर्केका घरपझोङ गाउँपालिका, १ छैरो स्थित तिब्बती शरणार्थी क्याम्पका ति शरणार्थीमा कोरना देखिएको थियो । ति बृद्धको मुस्ताङ प्रवेश गर्दा गरिएको आरडिटी परिक्षण गर्दा बृद्धमा पोजेटिभ देखिएपछि पिसिआर टेष्ट गराईएको थियो । सुगर तथा प्रेसरका विरामी समेत रहेका बृद्धलाई आईसोलेसनमा राखिएको उनको अवस्था राम्रो रहेको प्रकोप कन्ट्रोल कमाण्ड पोष्ट मुस्ताङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल