FLASH NEWS
  • Loading...

नेपालबाट आतंकवादी आक्रमणको खतरा देखाउँदै बिहारका सबै जिल्लामा हाइअलर्ट !

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २४७ पटक पढिएको
नेपालबाट आतंकवादी आक्रमणको खतरा देखाउँदै बिहारका सबै जिल्लामा हाइअलर्ट !

बिहारमा आतंकवादी घुसपैठको खतरालाई मध्यनजर गर्दै स्पेशल ब्रान्चले राज्यका सबै जिल्लामा हाइअलर्ट जारी गरेको बताइएको छ । समाचार एजेन्सी एएनआइको रिपोर्ट अनुसार तालिबान र जैश-ए-मोहम्मदका आतंकवादी नेपाल सीमाबाट बिहार प्रवेश गर्न सक्ने खतरा देखाइएको छ । पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआइले ५ देखि ६ जना आतंकवादीलाई पठाउने योजना बनाएको रिपोर्टमा दावी गरिएको छ । यी आतंकवादीलाई पाकिस्तानी सेनाले प्रशिक्षित गरेको पनि दावी गरिएको छ ।
पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा तनाव बढेको छ । यससँगै भारतमा नेपालविरुद्ध प्रोपोगाण्डा फैलाउन सुरु भएको छ । हिजो मात्र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि नेपाल-भारत सीमा क्षेत्रमा कडाइ गर्न आदेश दिएका थिए । उत्तर प्रदेशसँगै बिहारले पनि हाइअलर्ट जारी गर्नुलाई नेपाललाई समस्यामा पार्ने नियतको रुपमा लिइएको छ । नेपालमा सबैभन्दा धेरै सामान बिहार–नेपाल सीमाबाट आउँछ । त्यसपछि सबैभन्दा धेरै आयात हुने उत्तर प्रदेशसँग जोडिएका नाकाबाट हो ।
भारतका नेपालसँग जोडिएका प्रदेशले यस्तो गर्नुलाई भोलि नाकाबन्दी लगाउने बाटो सहज गर्न खोजेको रुपमा पनि विश्लेषण गरिएको छ । अहिले आतंकवादी आक्रमणको आशंकाको नाममा हाइअलर्ट जारी गरिएपछि भविष्यमा नाकाबन्दीका लागि बलियो विकल्प हुने रुपमा भारतले अलर्ट जारी गरेको हुन सक्ने आशंका गरिएको छ । भारतले नेपाललाई समस्यामा पार्न सबैभन्दा बलियो हतियारको रुपमा नाकाबन्दीलाई प्रयोग गर्दै आएको छ ।
रिपोर्टमा दावी गरिएअनुसार भारतको नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआइए)को कन्ट्रोल रुममा एक धम्कीपूर्ण इमेल आएको छ जसमा गृहमन्त्री अमित शाह र भाजपाका अन्य नेताहरुलाई आतंकवादीको हिट लिस्टमा रहेको भनिएको छ । स्पेशल ब्रान्चको तर्फबाट जारी गरिएको आइअलर्टमा कश्मिरी आतंकवादीहरु जैश-ए-मोहम्मद, अल कायदा जस्ता संगठन, पाकिस्तान, तालिबान र अफगानिस्तानका मुस्लिम कट्टरपन्थीको गतिविधिमा निगरानी गर्न भनिएको छ ।
हाइअलर्टमा इस्लामिक आतंकवादी संगठनहरु, लेफ्ट विंगका उग्रवादीहरु, पूर्वोत्तरका विद्रोही संगठनहरु र जुन भीभीआइपीहरुलाई खतरा हुन सक्छ उनीहरुमाथि निगरानी गर्न भनिएको छ । कुनै पनि क्षेत्रमा भीभीआइपीको भ्रमण पूरा हुँदासम्म आफ्नो इलाकामा गिरानी राख्न पनि भनिएको छ । धम्कीपूर्ण पत्र पठाउने र भीभीआइपी लोकेसनको आसपास संदिग्ध स्तिथिहरुमा घुम्नेहरुमाथि पनि निगरानी गर्न भनिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल