FLASH NEWS
  • Loading...

भारत-चीन सीमा विवाद: चीनद्वारा १० भारतीय सैनिक कब्जामुक्त

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८४ पटक पढिएको
भारत-चीन सीमा विवाद: चीनद्वारा १० भारतीय सैनिक कब्जामुक्त

चीनले गलवानको भिडन्तमा कब्जामा लिएका १० भारतीय सैनिकलाई बिहीवार बेलुकी मुक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

सैन्य स्रोतलाई उद्धृत गर्दै द हिन्दु पत्रिकाले मुक्त गरिएकामध्ये एक लेफ्टीनेन्ट कर्णेल र तीन जना मेजर रहेको बताएको छ।
भारत सरकारले यो खबरको पुष्टि गरेको छैन र भारतीय सैनिकहरू हराइरहेको भन्ने पनि पुष्टि गरेको छैन।
गलवान उपत्यकामा भएको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने यसले दुई शक्ति राष्ट्रबीच तनाव बढाएको थियो।
चीनले भिडन्तमा आफ्नो पक्षको क्षतिको बारेमा बोलेको छैन। भारतका भने कम्तीमा पनि ७६ सैनिक घाइते भएका छन्।
दुवै देशले एकअर्कालाई भिडन्तका लागि उक्साएको आरोप लगाएका छन्।
सो क्षेत्रमा दुई देशको सिमाना राम्ररी सीमाङ्कन नभएको र भौगोलिक अवस्था परिवर्तन हुने खालको रहेको छ।
इन्डिया टुडेका वरिष्ठ सम्पादक शिव अरुरका अनुसार भारतीय सैनिक मुक्त गर्ने कुरा बुधवार भएको वार्ताको प्रमुख विषय थियो।
बिहीवार दिउँसो चीनले भिडन्तमा प्रयोग गरेको भनिएको हतियारको तस्बिर सार्वजनिक भएको थियो।
सीमामा कार्यरत एक वरिष्ठ सैन्य अधिकारीले बीबीसीलाई चिनियाँ सैनिकले प्रयोग गरेको भनी उपलब्ध गराएको तस्बिरमा किला टाँसिएका फलामका रडहरू रहेका छन्।
यो तस्बिर पहिलो पटक ट्वीट गरेका रक्षा मामिला विज्ञ अजय शुक्लाले त्यो हतियारको प्रयोगलाई बर्बरता भनेका छन्।
त्यस क्षेत्रमा गोली, बन्दुक, बारुदजस्ता अस्त्रको प्रयोग गर्न नपाइने व्यवस्था सन् १९९६ मा दुवै पक्षबीच भएको सहमति अन्तरगत भएको छ। सीमाको विवादित क्षेत्रमा दुवै पक्षबीच आक्रामक गतिविधि नचर्कोस् भन्ने उद्देश्यले त्यस्तो सहमति गरिएको थियो।
भारतमा ट्विटरमा उक्त तस्बिरको व्यापक प्रयोग भएको छ र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आक्रोश व्यक्त गरिरहेका छन्।
त्यसबारेमा भारत र चीन दुवै पक्षका अधिकारीहरूले कुनै प्रतिक्रिया जनाएका छैनन्।
समाचार विवरणहरूका अनुसार दुवै पक्षका सैनिकहरूबीच ४,२६७ मिटरको उचाइमा हिमाली क्षेत्रमा भिडन्त भएको थियो र त्यसक्रममा कतिपय सैनिकहरू भीरबाट शून्यभन्दा कम तापक्रममा तीव्र गतिमा बग्ने गलवान नदीमा खसेका थिए।
मे महिनामा भारतीय र चिनियाँ सैनिकहरूले लद्दाख इलाकामा नै पर्ने पान्गोङ ताल क्षेत्रमा र उत्तरपूर्वी भारतीय राज्य सिक्किमको सीमा क्षेत्रमा मुक्का हानाहान गरेका थिए। source – https://www.bbc.com/nepali

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल