Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

बेनी नगरपालिकाले आव ०७७/०७८ कालागी ५६ करोड ८० लाखको बजेट ल्याउँदै

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८६ पटक पढिएको
बेनी नगरपालिकाले आव ०७७/०७८ कालागी ५६ करोड ८० लाखको बजेट ल्याउँदै

अघिल्लो बर्ष बजेट ल्याउने समयमा कचिङ्गलमा अल्झेको बेनी नगरपालिकाले आगामी आर्थिक बर्ष ०७७/०७८ कालागी ५६ करोड ८० लाख ४३ हजारको अनुमानित बजेट सीमा निर्धारण गरेको छ ।

आज बसेको बेनी नगरकार्यापालिको ५६ औं वैठकले राजश्व परामर्श समिति र श्रोत अनुमान तथा सीमा निर्धारण समितिले प्रस्तुत गरेको बजेट खाकालाई अनुमोदन गरेको प्रवक्ता रामकृष्ण बराईलीले बताए ।

प्रवक्ता बराईलीका अनुसार आव ०७७/०७८ कालागी बेनी नगरपालिकाले आय तर्फ संघिय सरकारबाट सामानीकरण अनुदान तर्फ १४ करोड ४ लाख, राजश्व बाँडफाँडबाट ८ करोड ३ लाख १९ हजार, विशेष अनुदानबाट १ करोड ३० लाख (बेनी नपा, २ गौश्वारा खापा ६० लाख र बेनपा, ३ भकिम्ली चीनाखेत खापा ७० लाख), समपुरक अनुदान तर्फ १ करोड १२ लाख (गलेश्वर–काउले–स्यालीखेत–पात्लेखेत सडक) र ससर्त अनुदान (तलवभत्ता समेत) २८ करोड १२ लाखको बजेट प्रस्ताव गरेको छ ।

त्यसैगरी प्रदेश सरकारबाट बेनी नगरपालिकाले समानीकरण अनुदान तर्फ १ करोड १९ लाख ५६ हजार, राजश्व वाँडफाँडबाट ८९६ लाख ४ हजार अनुदान प्राप्त गरेको छ । नगरपालिकाले आव ०७७/०७८ मा ४ करोड ३ लाख २५ हजार आन्तरिक आय गर्ने लक्ष्य प्रक्षेपण गरेको छ ।

छुटै नगर कार्यापालिकाको बैठकले आव ०७७/०७८ कालागी ७ वटा वडामा प्रधानमन्क्री रोजगार कार्यत्रम संञ्चालन गर्न छुट्टै ५१ लाखको कार्यक्रम प्रस्ताव गरेको छ । त्यसैगरी बेनी नगरपालिका–३ भकिम्लीको स्वाती र मंगला गाउँपालिका, ३ दह जोड्ने झोलुङ्गे पुल निर्माण गर्न पनि प्रस्ताव पठाउने निर्णय गरेको छ ।

‘बेनी नगरपालिकाको ५६औं वैठकले आगामी आवकालागी अनुमानित आय–ब्ययको सीमाको खाका अनुमोदन गरेका छौं । बेनी नगरपालिकामा अघिल्लो बर्षजस्तो किचलो दोहरिन नदिन सचेत छौं’ प्रवक्ता रामकृष्ण बराईलीले भने, ‘बजेटको सीमा निर्धारण भएकोले निती तथा कार्यक्रम निर्माणमा जुटेका छौं ।’

बेनी नगरपालिका मात्र होईन, धौलागिरी, मालिका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाहरुले समेत आगामी आर्थिक बर्षकालागी बजेटको सीमा निर्धारण, निती तथा कार्यक्रम र समग्र बजेट तयारीमा जुटेका छन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल