FLASH NEWS
  • Loading...

एसईईको परीक्षा नहुने, आन्तरिक मूल्याङ्‍कनबाटै परीक्षा

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १६७ पटक पढिएको
एसईईको परीक्षा नहुने, आन्तरिक मूल्याङ्‍कनबाटै परीक्षा

सरकारले यस वर्ष माध्यमिक शिक्षा परीक्षा(एसईई)सञ्चालन नगर्ने निर्णय गरेको छ । आन्तरिक मूल्याङ्कनबाटै विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । त्यसका लागि भने राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड बनाउनेछ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसईई नगर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कनलाई नै मान्यता दिने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । ‘कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ, विद्यालयहरुमा क्वारेन्टाइन बनाइएको छ,’ मन्त्री पोखरेलले भने, ‘परीक्षा गर्ने वातावरण नभएकाले आन्तरिक मूल्याङकनलाई वैधता दिने निर्णय भयो ।’ बोर्डले कार्यविधि बनाएर प्रमाणित गर्ने समेत उनले जानकारी दिए ।
कक्षा ११ र १२ को परीक्षाको विषयमा भने कुनै निर्णय नभएको मन्त्री पोखरेले जानकारी दिए । कक्षा १२ को परीक्षा भने उपयुक्त समयमा सञ्चालन गरिने उनले बताए । कक्षा १२ को परीक्षा विद्यालय तहको अन्तिम परीक्षा भएका कारण सञ्चालन गर्न आवश्यक रहेको उनले जनाए ।
आगामी वर्षदेखि एसईई के गर्ने भन्ने विषयलाई संघीय शिक्षा ऐनबाटै सम्बोधन गर्ने गरी मन्त्रालयले कार्य गरिरहेको मन्त्री पोखरेलले बताए । विद्यालयबाट यसअघि हुँदै आएको मूल्याङ्कनकै आधारमा बोर्डबाट प्रमाणीकरण गर्ने गरी मन्त्रालयले प्रस्ताव लगेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल