- Loading...
म्याग्दीमा फेरी थपिए कोरना संक्रमित
- पुनहिल डट कम
- ५ साल अघि
- २६४ पटक पढिएको

भारतबाट जेठ १६ गते फर्केर बेनीको म्याग्दी बहुमुखी क्याम्पस क्वारेन्टाईनमा बसेका बेनी नगरपालिका, ३ का ४९ बर्षिय पुरुषमा कोरना संक्रमण पुष्टी भएसँगै म्याग्दीमा संक्रमितको संख्या तीन पुगेको छ ।
यस अघि भारतबाट फर्किएर बेनीको न्यू वेष्टपोईन्ट कलेजको क्वारेन्टाईनमा बसेका अर्का १९ बर्षिय पुरुषमा र मालिका गाउपालिकाका ३० बर्षिय पुरुषमा कोरना संक्रमण पुष्टी भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विहिवार विहान जारी गरेको गण्डकी प्रदेशको कोभिड–१९ विवरण प्रकाशित गरी बेनी नगरपालिका, ३ का ४९ बर्षिय पुरुषमा कोरना संक्रमण पुष्टी गरेको हो ।
‘संक्रमित ति युवकलाई क्वारेन्टाईनबाट उपचारकालागी बेनी कै खुल्ला मञ्चमा नजिक रहेको शैक्षिक तालिम केन्द्रमा स्थापना गरिएको आईसोलेसनमा स्थानन्त्रण गर्न लागेका छौं’ स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले भने, ‘ भर्खर स्वाब परिक्षणको रिपोर्ट आएको छ । संक्रमित युवा रहेको क्वारेन्टाईनमा पुगेर कन्ट्याक ट्रेसिङको काम सुरु गरेका छौं ।’
स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालका अनुसार म्याग्दीबाट १ सय ९४ जनाको स्वाब नमुना संकलन गरिएकोमा ३ जनाको संक्रमण पोजेटिभ आएको हो । अन्यका नेगेटिभ आएको छ । १५ वटा स्वावको रिपोर्ट आउन बाँकी छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
