- Loading...
यी हुन् हालसम्म कोरना संक्रमण मुक्त ६ जिल्ला
- पुनहिल डट कम
- ५ साल अघि
- १८४ पटक पढिएको

नेपालका ६ जिल्ला मात्र सुरक्षित देखिएका छन्। कोरोना भाइरसको संक्रमण नेपालका ७१ जिल्लामा फैलिसकेको छ।
प्रदेश-१ मा इलाम र ओखलढुंगा कोरोना संक्रमणबाट सुरक्षित छन्। यस्तै, वागमती प्रदेशको रसुवा अहिलेसम्म सुरक्षित छ। गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ र मुस्ताङ पनि अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित छन्। कर्णाली प्रदेशको पश्चिम रुकुममा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन।
सुदूरपश्चिमका नौवटै, कर्णाली प्रदेशका १० मध्ये नौ, प्रदेश-५ का १२ वटै, गण्डकी प्रदेशका ११ मध्ये नौ, वागमती प्रदेशका १३ मध्ये १२, प्रदेश-२ का आठवटै र प्रदेश-१ का १४ मध्ये १२ जिल्लामा कोरोना संक्रमित देखिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार आज बिहानसम्म देशभर तीन हजार चार सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये सबैभन्दा बढी प्रदेश-२ मा देखिएका छन्। सबैभन्दा कम वागमती प्रदेशमा ९२ जना मात्र संक्रमण देखिएको छ। गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पहिलोपटक १० माघमा पुष्टि भएको थियो।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
